ढल्केवर इलाका अस्पतालाई बीस शैयाको अस्पतालमा स्तरोन्नति गरिने



 

 

स्विास्थ्य, जनसंख्या तथा वातावरण राज्यमन्त्री डा. सुरेन्द्र यादवले मिथिला नगरपालिका ढल्केवरमा रहेको इलाका स्वास्थ्य चौकीलाई यथासिघ्र १५–२० शैयाको अस्पतालमा स्तरोन्नति गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ ।

 

विहिबार ढल्केवरमा कार्यकर्ता भेटघाट तथा इलाका स्वास्थ्य चौकी निरिक्षणको क्रममा राज्यमन्त्री डा. यादवले प्रतिबद्धता जाहेर गर्नुभएको हो ।

उहाँले तत्कालै काजमै भएपनि एउटा एमबिबिएस डाक्टर उपलब्ध गराउने बताउनुभयो । हाल यस अस्पतालमा हेल्थ असिस्टेन्टको दरबन्दी रहेको छ ।

डा. यादवले प्रदेश स्तरीय ट्रमा सेन्टरको अवधारणा लागु भइसकेको र यस ठाउँबाट ट्रमा सेन्टरका लागि पहल निकै अगाडि बढिसकेकाले यसै क्षेत्रमा स्थापनाको लागि पहल गरिने बताउनुभयो ।

 

निरिक्षणको क्रममा मधेशी जनअधिकार फोरम नेपाल धनुषाका जिल्ला अध्यक्ष चन्देश्वर महतो र मिथिला नगरपालिका प्रमुख हरिनारायण महतोले अस्पतालका समस्या बारे अवगत गराउनु भएको थियो ।

विजयकुमार साह

प्रतिक्रिया दिनुहोस
अब लोडसेडिङ हुँदैन, इन्भटर र मैनबत्तीको काम छैन : हितेन्द्रदेव शाक्य

    नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले अब नेपालमा लोडसेडिङ नहुने

डडेलधुराबाट प्रचण्डले देउवालाई गरे फोन

       नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति

विश्व पौडेलविरुद्धको रिट दरपिठ

    सर्वोच्च अदालतले डा. विश्व पौडेलविरुद्धको रिट दरपिठ गरिदिएको छ । डा.

सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    लामो रस्साकस्सीपछि सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित भएको छ