ढल्केवर इलाका अस्पतालाई बीस शैयाको अस्पतालमा स्तरोन्नति गरिने



हाम्रो इकोनोमि

 

 

स्विास्थ्य, जनसंख्या तथा वातावरण राज्यमन्त्री डा. सुरेन्द्र यादवले मिथिला नगरपालिका ढल्केवरमा रहेको इलाका स्वास्थ्य चौकीलाई यथासिघ्र १५–२० शैयाको अस्पतालमा स्तरोन्नति गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ ।

 

विहिबार ढल्केवरमा कार्यकर्ता भेटघाट तथा इलाका स्वास्थ्य चौकी निरिक्षणको क्रममा राज्यमन्त्री डा. यादवले प्रतिबद्धता जाहेर गर्नुभएको हो ।

उहाँले तत्कालै काजमै भएपनि एउटा एमबिबिएस डाक्टर उपलब्ध गराउने बताउनुभयो । हाल यस अस्पतालमा हेल्थ असिस्टेन्टको दरबन्दी रहेको छ ।

डा. यादवले प्रदेश स्तरीय ट्रमा सेन्टरको अवधारणा लागु भइसकेको र यस ठाउँबाट ट्रमा सेन्टरका लागि पहल निकै अगाडि बढिसकेकाले यसै क्षेत्रमा स्थापनाको लागि पहल गरिने बताउनुभयो ।

 

निरिक्षणको क्रममा मधेशी जनअधिकार फोरम नेपाल धनुषाका जिल्ला अध्यक्ष चन्देश्वर महतो र मिथिला नगरपालिका प्रमुख हरिनारायण महतोले अस्पतालका समस्या बारे अवगत गराउनु भएको थियो ।

विजयकुमार साह

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...