कञ्चनपुर एसपी दिल्लीराज बिष्ट र डीएसपी हटाउने सरकारको तयारी



हाम्रो इकोनोमि

 

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याबारे  विस्तृत छानविन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । कारागार व्यवस्था विभागका महानिर्देशक हरिप्रसाद मैनालीको संयोजकत्वमा समिति गठन भएको हो । समितिमा प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरु सदस्य छन् ।  आफन्त तथा स्थानीयले उच्चस्तरीय छानबिन गर्न माग गरेपछि गृहले समिति गठन गरेकाे हो ।

 

पन्तको बलात्कार र हत्या गरेको आरोपमा प्रहरीले स्थानीय दिलिपसिंह बिष्टलाई पक्राउ गरेर सार्वजनिक गरेको थियो । त, प्रहरी अनुसन्धान निष्पक्ष नभएको र वास्तविक अभियुक्त पक्राउ नगरेको र झुठा व्यक्ति खडा गरेको भन्दै आन्दोलन चर्किएको छ । विहिबार आन्दोलन उग्र भएपछि प्रहरीले गोली चलाएको छ ।

 

गोली चल्दा १० जना घाईते भएका छन् । तनाव बढ्दै गएपछि स्थानीय प्रशासनले शुक्रबार बिहान आठ बजेदेखि साँझ ६ बजेसम्मका लागि समेत कर्फ्यू आदेश जारी गरेको छ । यस्तै, घटनाबारेको अनुसन्धान विवादित भएपछि कञ्चनपुरका एसपी दिल्लीराज बिष्टलाई हटाएर नयाँ एसपी पठाउने तयारी समेत गृहले गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट ३ खर्ब १२ अर्ब ४० करोडको वस्तु आयात

     नेपालमा अहिले वैदेशिक व्यापार २८ भन्सार विन्दुबाट भइरहेको छ । जसमा...

सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...