कञ्चनपुर एसपी दिल्लीराज बिष्ट र डीएसपी हटाउने सरकारको तयारी



हाम्रो इकोनोमि

 

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याबारे  विस्तृत छानविन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । कारागार व्यवस्था विभागका महानिर्देशक हरिप्रसाद मैनालीको संयोजकत्वमा समिति गठन भएको हो । समितिमा प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरु सदस्य छन् ।  आफन्त तथा स्थानीयले उच्चस्तरीय छानबिन गर्न माग गरेपछि गृहले समिति गठन गरेकाे हो ।

 

पन्तको बलात्कार र हत्या गरेको आरोपमा प्रहरीले स्थानीय दिलिपसिंह बिष्टलाई पक्राउ गरेर सार्वजनिक गरेको थियो । त, प्रहरी अनुसन्धान निष्पक्ष नभएको र वास्तविक अभियुक्त पक्राउ नगरेको र झुठा व्यक्ति खडा गरेको भन्दै आन्दोलन चर्किएको छ । विहिबार आन्दोलन उग्र भएपछि प्रहरीले गोली चलाएको छ ।

 

गोली चल्दा १० जना घाईते भएका छन् । तनाव बढ्दै गएपछि स्थानीय प्रशासनले शुक्रबार बिहान आठ बजेदेखि साँझ ६ बजेसम्मका लागि समेत कर्फ्यू आदेश जारी गरेको छ । यस्तै, घटनाबारेको अनुसन्धान विवादित भएपछि कञ्चनपुरका एसपी दिल्लीराज बिष्टलाई हटाएर नयाँ एसपी पठाउने तयारी समेत गृहले गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...