कञ्चनपुरमा प्रहरीको व्यापक दमनः गोली लागेर १० भन्दा बढी घाइते, दुईको अवस्था चिन्ताजनक



हाम्रो इकोनोमि

 

 १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै कञ्चनपुरमा भइरहेको प्रदर्शनमा प्रहरीले व्यापक दमन गरेको छ ।

प्रदर्शनका क्रममा प्रहरीको गोलि लागेर ठूलो संख्यामा हताहती भएको छ । प्रहरीले आन्दोलन दवाउन चलाएको गोली लागेर कम्तिमा १० जना घाइते भएको जनाइएको छ । भने दुई जना गम्भीर घाइते छन् ।

घाइतेहरुको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ । घाइते हुने अान्दाेलनकारीमा  स्थानीय अर्जुन भण्डारी, तेज भट्ट, किरण प्रसाद पाण्डे, सराेज खड्का, विरित पनेरु र सन्तोष कुमार कठरिया रहेका छन् ।

यस्तै, प्रहरीतर्फ पनि केही घाइते भएका छन् । घाइते हुनेमा प्रहरी हवल्दार हर्क बहादुर पालकाे रहेको जनाइएको छ ।

घाइतेमध्ये दुई जानाको अवस्था गम्भीर रहेको छ।  गम्भीर अवस्थाका अर्जुन भण्डारी र तेज भट्टलाई अन्यत्रै रेफर गरिएको अस्पताल प्रशधासनले जनाएको छ । गम्भीर घाइते भण्डारीकाे खुट्टा र भट्टकाे टाउकाेमा चाेट लागेकाे जनाइएकाे छ ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...