कञ्चनपुरमा प्रहरीको व्यापक दमनः गोली लागेर १० भन्दा बढी घाइते, दुईको अवस्था चिन्ताजनक



हाम्रो इकोनोमि

 

 १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै कञ्चनपुरमा भइरहेको प्रदर्शनमा प्रहरीले व्यापक दमन गरेको छ ।

प्रदर्शनका क्रममा प्रहरीको गोलि लागेर ठूलो संख्यामा हताहती भएको छ । प्रहरीले आन्दोलन दवाउन चलाएको गोली लागेर कम्तिमा १० जना घाइते भएको जनाइएको छ । भने दुई जना गम्भीर घाइते छन् ।

घाइतेहरुको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ । घाइते हुने अान्दाेलनकारीमा  स्थानीय अर्जुन भण्डारी, तेज भट्ट, किरण प्रसाद पाण्डे, सराेज खड्का, विरित पनेरु र सन्तोष कुमार कठरिया रहेका छन् ।

यस्तै, प्रहरीतर्फ पनि केही घाइते भएका छन् । घाइते हुनेमा प्रहरी हवल्दार हर्क बहादुर पालकाे रहेको जनाइएको छ ।

घाइतेमध्ये दुई जानाको अवस्था गम्भीर रहेको छ।  गम्भीर अवस्थाका अर्जुन भण्डारी र तेज भट्टलाई अन्यत्रै रेफर गरिएको अस्पताल प्रशधासनले जनाएको छ । गम्भीर घाइते भण्डारीकाे खुट्टा र भट्टकाे टाउकाेमा चाेट लागेकाे जनाइएकाे छ ।

प्रतिक्रिया दिनुहोस
सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...

पहिलो त्रैमासमा नबिल बैंकको नाफा सबैभन्दा बढी

  चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नबिल बैंकले वाणिज्य बैंकहरूमध्ये सबैभन्दा...