काठमाडौंमै फेला पर्यो अवैध गुटखा फ्याक्ट्री, २ जना पक्राउ



हाम्रो इकोनोमि

 

काठमाडौंमा अवैध गुटखा फ्याक्ट्री फेला परेको छ । सो फ्याक्ट्रीमा प्रहरीले छापा मारेर शिलबन्दी गरेको छ भने दुई जना सञ्चालकलाई पक्राउ गरेको छ ।

 

काठमाडौंको लोलाङ हाइटमा अवैध गुटखा फ्याक्ट्री फेला परेको हो । बाहिर ‘शुभकामना सुर्ती उद्योग’को बोर्ड रहेपनि, भित्र भने बजारमा चलेका प्रायः सबै ब्राण्डका गुट्खा उत्पादन हुने गरेको पाइएको हो ।

 

यसबारे जानकारी दिन अहिले केहीबेरमा लोलाङ हाइटमै पत्रकार सम्मेलन आयोजना गरिएको छ ।

 

भारतीय र नेपाली नागरिक मिलेर अवैध गुटखा फ्याक्ट्री सञ्चालन भइरहेको सूचनाको आधारमा सरकारी अनुगमन टोली र प्रहरीले संयुक्तरुपमा छापा मारेको थियो । फ्याक्ट्रीबाट अन्दाजी ३० लाख मूल्य बराबरको बिभिन्न ब्राण्डका गुट्खा, कच्चा पदार्थ, र्यापर, गुटखा बनाउने मेसिन लगायतका सामान बरामद भएको छ ।

 

प्रहरीले फ्याक्ट्री सञ्चालक दुई जनालाई कालिमाटीबाट पक्राउ पनि गरेको छ । अर्का एक जना भने फरार रहेको प्रहरी स्रोतले बतायो ।

 

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...