करेन्ट लागेर एकको मृत्यु, बचाउन गएका दुई गम्भीर



हाम्रो इकोनोमि

 

 

नुवाकोटको पूर्वी भेगमा रहेको लामछिानेफेदीमा करेन्ट लागेर बिहीबार एक स्थानीय महिलाको ज्यान गएको छ भने दुईजना गम्भीर घाइते भएका छन्। सदरमुकाम विदुरदेखि २० किलोमिटर पूर्वमा रहेको लिखु गाउँपालिका- १ लामिछानेफेदीमा विद्युत प्राधिरणको लापरवाहीका कारण करेन्ट लागेर स्थानीय महिलाको ज्यान गएको र दुईजना गम्भीर घाइते भएको विरोधमा मृतक तथा घाइतेका आफन्तले दोषीलाई कारवाहीको माग गर्दै पासाङल्हामु मार्ग बन्द गराएका छन् ।

दुई साता अगाडि गाडिएको बिजुलीको पोल ढल्केर जोखिम बढेको जानकारी गराउँदासमेत नेपाल विद्युत प्राधिकरणले समयमै मर्मत नगरेका कारण घटना घटेको स्थानीयबासी तथा लिखु गापा( १ का वडाध्यक्ष नरहरि पाण्डेले जानकारी दिए।

लत्रिएको तारमुनिबाट बजार जाने क्रममा करेन्ट लागेर लिखु गापा- १ लमिछानेगाउँफेदीकी २३ वर्षीया तुलसा अधिकारीको ज्यान गएको उनले बताए। करेन्ट लागेर गम्भीर घाइते अधिकारीलाई स्थानीयले उद्धार गरी उपचारका लागि विदुर ल्याउनेक्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक बसन्तबहादुर कुंवरले जानकारी दिए।

अधिकारीलाई करेन्ट लागेको देखेर बचाउन गएका लिखु गापा- १ लामिछानेफेदीकै ५५ वर्षीय लालप्रसाद लामिछाने र आफन्तको घरमा पाहुना आएकी बेलकोटगढी नगरपालिका-१२ मदानपुरकी १७ वर्षीया सदिक्षा पौडेल गम्भीर घाइते भएका हुन्। घाइतेको नुवाकोटको विदुरस्थित सिटि अस्पताल एण्ड रिसर्च सेनटरमा प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाडौ पठाइएको प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिए।

 

मृतक तुलसाकी एक चार वर्षीया छोरी छन् भने श्रीमान रोजगारीका लागि काठमाडौमा रहेका छन्। मृतक तथा घाइतेका आफन्त तथा सर्वसाधारणले पासाङल्हामु मार्गको त्रिशूली(काठमाडौ तथा गंगटे(ढिकुरे(काठमाडौ सडकमार्ग बन्द गराएका छन्।

 

घटनाको दोषीलाई कारबाही र पीडित पक्षलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गर्दै लिखु गाउँपालिकाबासीहरुले नुवाकोटको सदरमुकाम विदुरमा यातायात बन्द गरेका छन्।

 

उनीहरुले विद्युत प्राधिकरणको लापरबाहीले घटना भएको बताउँदै तत्काल कारबाहीको माग गर्दै प्रर्दशन गरेका हुन्।घाइतेलाई थप उपचार लागि काठमाडौंको ग्राण्डी अन्र्तराष्टिय अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस
रास्वपा केन्द्रीय समितिमा ८ जना मन्त्री निर्वाचित

    बालेन शाह नेतृत्वको सरकारका ८ जना मन्त्रीहरु सत्तारुढ दल रास्वपाको केन्द्रीय...

रास्वपामा ४९ महिला केन्द्रीय सदस्यमा निर्वाचित

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचित केन्द्रीय सदस्यमा झन्डै आधा महिला...

बंगलादेश निर्यात गर्ने थप २० मेगावाट बिजुली रोकियो

    नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने योजनामा भारतीय पक्षले...

खैरो हेरोइनसहित काठमाडौंबाट दुई जना पक्राउ

     नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको...