तरकारी विचौलियाको कालिमाटीबाट भागभाग, ९८ सटर खोसेर किसानलाई दिने तयारी



हाम्रो इकोनोमि

 

कालीमाटी तरकारी बजारमा रहेका विचौलियामाथी सरकारले कडा आक्रमणको तयारी शुरु गरेको छ । किसानसग ३० रुपैया प्रतिकिलो ल्याएर एक सय भन्दा बढि रुपैयामा बेच्ने विचौलियामाथी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक्सन लिन शुरु गरेको हो ।

विगतमा टेण्डर लिदा निक्कै सस्तोमा लिएका सटरहरुमा पनि पाँच गुणा बढिमा अन्यलाई दिएका विचौलियाका ति सटर मन्त्रालयले खारेज गरिदिने भएको छ । त्यस्ता सटरहरु ९८ वटा रहेको आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले जानकारी दिनुभयो । उहाले सटर भाडामा लिएर बिचौलियालाई दिइएको पाइएकाले ९८ वटै सटरको ठेक्का खारेज गरिने बताउनु भयो । उहाले ति सटरहरु उत्पादनकर्तालाई नै दिइने जानकारी समेत गराउनु भएको छ ।

मन्त्री यादवले सामाञ्जिक संजालमा लेख्नुभएको छ,‘कालिमाटीका ९८ वटा स्टल खारेजि हुने भएको छ । सरकारसँग सस्तोमा लिएर बिचौलिया भई अरुलाई पाँच गुणाबेसी भाडा दिइनेहरुको खारेजी प्रक्रिया अगाडी बढेको छ । सो ठाउँमा उत्पादनकर्तालाई नै ठाउँ दिने तयारी छ । यसले केही हदसम्मको मुल्य नियन्त्रण भने अवश्य गर्नेछ । तरकारीमा सिन्डिकेट तोड्न आवश्यक गृहकार्य भईरहेको छ ।’

मन्त्री यादवले तरकारीमा रहेको सिन्डिकेट पनि तोड्ने गृहकार्य भईरहेको जानकारी गराउनु भएको छ । किसानसग किनेर ल्याएको मुल्य भन्दा कयौं गुणा बढिमा कालिमाटीमा तरकारी पाइने गरेको छ । जसको अुनगमन गर्न गएको टोलीमाथी थुनेर राख्ने प्रयास गरेपछि सरकार एक्सनमा उत्रिएको हो ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...