गोरखा लैजाने प्रलोभनमा गोदावरी जंगलमा पुर्याई बालिकालाई बलात्कार



हाम्रो इकोनोमि

 

बालाजुस्थित एक घरमा घरेलु मजदुरका रूपमा कार्यरत गोरखा घर भएकी १३ वर्षीया बालिकालाई ललितपुरको गोदावरी जंगलमा लगेर बलात्कार गरिएको छ । उनलाई काठमाडौंको नक्सालबाट गोदावरी पुर्याइएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

 

‘घटना ‘कम्प्लिकेटेड’ छ । अहिले नै थप नबोलौँ । हामीले गम्भीर रूपमा लिएका छौँ । अनुसन्धान सुरु भइसकेको छ,’ ललितपुर प्रहरी परिसरका प्रमुख रवीन्द्रसिंह धानुकले भने । महानगरीय प्रहरी वृत्त सातदोबाटोका अनुसार बालिकाको मेडिकल जाँच गरिएको छ । तर, रिपोर्ट आइसकेको छैन ।

 

बालिकाले मोटरसाइकलबाट गोदावरी लगेर बलात्कार गर्नेको नाम खुलाउन नसकेका कारण अनुसन्धान गर्न गाह्रो भएको प्रहरीले बताएको छ । घटनाबारे महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले पनि अनुसन्धान गरिहेको छ ।

 

१ भदौबाट लागू भएको नयाँ मुलुकी अपराध (संहिता) ऐनमा १० देखि १४ वर्ष उमेरका बालिका बलात्कार गर्नेलाई १४ देखि १६ वर्षसम्मको कैद सजाय हुने व्यवस्था छ । संहिताको २१९ दफाको उपदफा ३ (ख)मा यो व्यवस्था छ ।

 

१० देखि १६ बर्षका बालिका धेरै बलात्कृत

प्रहरीको तथ्यांकअनुसार सबैभन्दा धेरै १० देखि १६ वर्ष उमेरका बालिका बलात्कृत हुने गरेका छन् । त्यसपछि १० वर्ष उमेरसम्मका बालिका बलात्कृत भएको घटना धेरै छन् । १७ देखि १८ वर्ष उमेरका किशोरी बलात्कृत हुने संख्या पनि त्यतिकै धेरै छ । १९ देखि २५ वर्षसम्मका युवती मात्रै होइन, ४५ वर्षभन्दा माथिका महिला पनि बलात्कारको सिकार हुने गरेका छन् ।

 

पछिल्लो तथ्यांकअनुसार पछिल्ला चार वर्षमा मुलुकभर ४ हजार ४ सय ४५ महिला बलात्कृत भए । त्यससध्ये १० देखि १६ वर्ष उमेरका १ हजार ३ सय १३ बालिका बलात्कृत भएका छन् । १० वर्षसम्मका ८ सय २० जना बलात्कृत भएका छन् । १७ देखि १८ वर्ष उमेरका किशोरी ४ सय ५१ जना र २० वर्षमाथिका १ हजार ५ सय १६ जना बलात्कारको सिकार भएका छन् ।

 

यसरी भयो घटना

पीडित बालिका ‘मालिक’को घरमा खुसी थिइनन् । आफ्नै घर गोरखा फर्किन चाहन्थिन् । मंगलबार दिउँसो उनी मालिकको घरबाट निस्किइन् । एक अपरिचित व्यक्तिसँग उनको सम्पर्क भयो । जसले उनलाई गोरखा लगिदिने प्रलोभन दिए र मोटरसाइकलमा राखे । तर, तिनले बालिकालाई गोदावरी जंगल पुर्याई बलात्कार गरे र फरार भए । बालिका जंगलमै अलपत्र परिन् ।

 

स्थानीयले जंगलमा रोइरहेको देखेपछि उनको उद्धार गरे । त्यसलगत्तै स्थानीयले प्रहरी कार्यालयमा खबर गरे । प्रहरी घटनास्थल पुग्यो र उद्धार गर्यो । अहिले बालिका प्रहरीकै रोहवरमा सेफहाउसमा छिन् ।

प्रतिक्रिया दिनुहोस
सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...

पहिलो त्रैमासमा नबिल बैंकको नाफा सबैभन्दा बढी

  चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नबिल बैंकले वाणिज्य बैंकहरूमध्ये सबैभन्दा...