बस र ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु, ३३ घाइते



 

नारायणगढ मुग्लिन सडकखण्डको खहरेखोला भन्ने ठाउँमा आज दिउँसो बस र ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् ।

 

मृत्युहुनेमा बसका चालक गोरखा आरुपोखरीका ४० वर्षीय काजिराम योगी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

 

नारायणगढबाट गोरखातर्फ जाँदै गरेको ना४ख ७५१३ नंको बस र विपरीत दिशाबाट आउँदै गरेको लु१ख ७४०६ नंको ट्रक भरतपुर महानगरपालिका–२९ खहरे खोलास्थित आज दिउँसो ३ः१५ बजे एकापसमा ठोकिएको थियो ।

दुर्घटनामा परी घाइते भएकामध्ये २७ जनाको पुरानो मेडिकल कलेज र ६ जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको पनि प्रहरीले जनाएको छ । घटनापछि अवरुद्घ सडक केहि समयपछि सञ्चालनमा आएको छ ।

 

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्