बस र ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु, ३३ घाइते



हाम्रो इकोनोमि

 

नारायणगढ मुग्लिन सडकखण्डको खहरेखोला भन्ने ठाउँमा आज दिउँसो बस र ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् ।

 

मृत्युहुनेमा बसका चालक गोरखा आरुपोखरीका ४० वर्षीय काजिराम योगी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

 

नारायणगढबाट गोरखातर्फ जाँदै गरेको ना४ख ७५१३ नंको बस र विपरीत दिशाबाट आउँदै गरेको लु१ख ७४०६ नंको ट्रक भरतपुर महानगरपालिका–२९ खहरे खोलास्थित आज दिउँसो ३ः१५ बजे एकापसमा ठोकिएको थियो ।

दुर्घटनामा परी घाइते भएकामध्ये २७ जनाको पुरानो मेडिकल कलेज र ६ जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको पनि प्रहरीले जनाएको छ । घटनापछि अवरुद्घ सडक केहि समयपछि सञ्चालनमा आएको छ ।

 

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...