बैतडीमा विधुरलाई पनि मासिक एक हजार



हाम्रो इकोनोमि

 

वैतडीमा एक नगरपालिकाले विधुर (एकल पुरुष) लाई पनि मासिक भत्ता दिने भएको छ ।

सामाजिक सुरक्षा भत्ता अन्तर्गत जिल्लाको मेलौली नगरपालिकाले ६० वर्षमाथिका विधुरहरुलाई मासिक एक हजारका दरले भत्ता वितरण गर्ने निर्णय गरेको हो ।

नगरपालिकाभित्र केही त्यस्ता असहाय पुरुषहरु पनि रहेकोले उनीहरुलाई जीउन सहज होस् भनी आफूहरुले भत्ता दिने निर्णय गरेको मेयर कृष्णसिंह नायकले बताए ।

उनीहरुको मासिक भत्ताका लागि नगरपालिकाबाट अहिले १५ लाख रुपैयाँ छुट्याइएको मेयर नायकले जानकारी दिए ।

अहिले नगरका ९ वटै वडाका विधुरहरुको तथ्यांक संकलनको काम सुरु गरिएको छ । ‘१५ लाख वजेट छुट्याएका छौं । अहिले तथ्यांक संकलनको काम भइरहेको छ,’ उनले भने, ‘सामाजिक सुरक्षा भत्ता वितरणकै क्रममा वितरण गर्छौ ।’

एकल पुरुषलाई मासिक भत्ता वितरण गर्ने सम्भवतः यो नगरपालिका नेपालकै पहिलो बनेको छ ।

यसअघि नगरपालिकाले एचआईभी संक्रमित, हेमटाइटिस, क्यान्सर जस्ता रोगका बिरामीको प्रकृति हेरेर उपचार खर्चसमेत बितरण गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...