बिहे गरेको ३ वर्षसम्म श्रीमानले घर लैजान मानेनन्, न्यायिक समितिको आदेश पनि परिवारले मानेन



हाम्रो इकोनोमि

 

विवाह गरेपछि पनि परिवारले स्वीकार नगर्दा राजविराज नगरपालिकाकी एक युवती समस्यामा परेकी छन् ।

 

राजविराज नगरपालिका ७ हटिया निवासी राजीव दासले स्थानीय कविताकुमारी साहसँग विवाह गरे पनि घर लैजान नमान्दा उनी समस्यामा परेकी हुन् ।

 

राजीवले २०७२ साल पुस २४ गते सप्तरी जिल्ला अदालतमा कवितासँग कानुनी विवाह गरेका थिए । विवाह गरे पनि केही दिन कवितालाई बाहिरै राखेका थिए । कविताले घर लैजानुपर्ने बताए पनि राजीवले मानेका थिएनन् । जिल्ला प्रहरी कार्यालयमा राजीव र उनकी आमा मन्जुले कवितालाई घरमा राख्ने प्रतिबद्वता जनाए पनि पछि घरबाट निकालेका थिए ।

 

विभिन्न निकायमा उजुरी दिए पनि न्याय नपाएकी उनले पछिल्लो पटक राजविराज नगरपालिकाको न्यायिक समितिमा उजुरी दिएकी थिइन् । मंगलबार बसेको इजलासपछि समितिले घरमा राख्न उनका पति राजीवलाई पत्र लेखेको थियो ।

 

तर राजीवको परिवारले कवितालाई स्वीकार गर्न नमानेपछि न्यायिक समितिका संयोजक साधना झा, जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रकी प्रहरी निरीक्षक सुजाता तुम्बाहाम्फे, अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष सुनिता साह, राजपाका महासचिव गजेन्द्र मण्डल, जिल्ला अध्यक्ष सुनिल झा, इन्सेक प्रतिनिधि मनोहर पोखरेलसहित प्रहरीको टोली मंगलबार राजीवको घर पुगेको छ ।

 

मंगलबार साँझ राजीवको घर पुगे पनि राजीवकी आमा मञ्जु दासले कवितालाई स्वीकार गर्न नमानेको इन्सेक प्रतिनिधि पोखरेलले जानकारी दिए ।

 

न्यायिक समितिकी संयोजक साधना झाले कवितालाई जसरी पनि राजीवको घरमा राख्ने वातावरण बनाउने प्रतिबद्वता जनाएकी छन् । मंगलबार राति अबेरसम्म प्रहरी टोलीसहित राजीवको घरमा रहेकी उनले महिलाहरुको अधिकार सुनिश्चितताका लागि आफूले कुनै कसर बाँकी नराख्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...

पहिलो त्रैमासमा नबिल बैंकको नाफा सबैभन्दा बढी

  चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नबिल बैंकले वाणिज्य बैंकहरूमध्ये सबैभन्दा...

आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...