निर्मला हत्या प्रकरणः डडेल्धुरामा पनि विरोध प्रदर्शन, एक घण्टा चक्काजाम



हाम्रो इकोनोमि

 

बलात्कारपछि हत्या गरिएकी कंचनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्तको घटनामा प्रहरी अनुसन्धानमाथि प्रश्न उठाउँदै डडेल्धुरामा पनि प्रदर्शन गरिएको छ।

निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने वास्तविक अपराधीलाई प्रहरीले उम्काउन खोजेको भन्दै डडेल्धुरामा बुधवार आम नागरिकहरुले आन्दोलन गरेका हुन्।

सोमबार अभियुक्तका रुपमा दिलिप विष्टलाई सार्वजनिक गरेर मुख्य अपराधीलाई उन्मुक्ति दिइएको यहाँका नागरीक अगुवाहरुको आरोप छ।

प्रहरीले वास्तविक अपराधी लुकाई मानसिक सन्तुलन गुमेका व्यक्तिलाई दोषी दोसिको बचाउ गरेको भन्दै आन्दोलन गरिएको पत्रकार महासंघ डडेल्धुराका अध्यक्ष मानबहादुर साउदले बताए।

निर्मला पन्तको हत्यारालाई कारवाही गर, मानव अधिकारको रक्षा गरलगायतका नारा लगाउदै शान्तिपूर्ण आन्दोलन गरिएको छ।

आन्दोलनमा नागरिक समाजका अगुवा, स्थानीय समाजसेवी, पत्रकार, उद्योगी व्यवसायीलगायतको सहभागिता रहेको थियो।

निर्मला पन्त हत्या प्रकरणको निष्पक्ष छानविन नभए आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिइने महिला मुक्ती समाजकी अध्यक्ष आरती जोशीले बताइन्।

आन्दोलनका कारण एक घण्टासम्म सडक अवरुद्ध भएको थियो। आन्दोलनकारीहरुले कन्चनपुरका प्रहरी प्रमुखले दोसीलाई लुकाउन खोजेको भन्दै प्रहरी प्रमुखलाई निलम्बन गर्नु पर्ने, दोसीलाई कडा कारवाही हुनु पर्ने माग राखेका छन्।

प्रहरीले १३ वर्षीया निर्मलाको हत्यामा संलग्न भएको भन्दै मानसिक सन्तुलन गुमाएका स्थानीय दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो। साथीको घरमा जान्छु भनी निस्केकी १३ वर्षीय निर्मला पन्त गत साउन ११ गते मृत अवस्थामा फेला परेकी थिइन्।

 

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...