सरकारले भूमिहीन दलितलाई जमिन उपलब्ध गराउने



हाम्रो इकोनोमि

 

सरकारले भूमिहीन दलितलाई जमिन उपलब्ध गराउने भएको छ । संविधानले गरेको व्यवस्था अनुरुप भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसम्बन्धी ऐन(२०२१ संशोधनका लागि विधेयक संसदमा पेश गरेको छ । यो ऐन संशोधन भएपछि जग्गा जमिन नभएका भूमिहीन दलितहरुले सरकारबाट जग्गा प्राप्त गर्नेछन् ।

 

संविधानको धारा ४०को उपधारा ५ मा राज्यले भूमिहीन दलितलाई कानुन बमोजिम एकपटक जमीन उपलब्ध गराउनुपर्नेछ भन्ने व्यवस्था छ । त्यसलाई कार्यान्वयनमा लैजान ऐनको सातौं संशोधन प्रस्ताव संसदमा पेश गरिएको भूमि व्यवस्थामन्त्री पद्माकुमारी अर्यालले जानकारी दिइन् ।

 

संशोधन प्रस्तावअुसार एक(पटक मात्रै भूमिहनीन दलितले राज्यबाट जमिन पाउनेछन् । ऐनले कति जमिन, कस्तो ठाउँमा उपलब्ध गराउने भन्ने किटान गरेको छैन ।

 

यसका लागि छुट्टै आयोग, समिति वा कार्यदल निर्माण गरेर तय गर्ने योजना सरकारको छ । सरकारले उपलब्ध गराउने यस्तो जमिन अंशबण्डा र नामसारीबाहेक अन्य कसैलाई बेच्न वा हक हस्तान्तरण गर्न पाइने छैन ।

 

एकपटक जमिन लिइसेपछि पुनः सरकारबाट दलित परिवारले यस्तो सुविधा प्राप्त गर्ने छैनन् ।

 

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...