गोक्यो तालमा बेपत्ता विद्यार्थी खोज्न ल्याइयो सबमरिन ड्रोन



हाम्रो इकोनोमि

 

गोक्यो हिमतालमा बेपत्ता विद्यार्थीको खोजीमा ‘सबमरिन ड्रोन’ प्रयोग गरिने भएको छ। उक्त ड्रोन मंगलबार नेपाल आइपुगेको बताइएको छ।

१८ दिनदेखि बेपत्ता दुई जना विद्यार्थीको खोजी गर्न सिंगापुरमा खरिद गरिएको उक्त ड्रोन नेपाल आइपुगेको खुम्बुपासाङल्हामु गाउँपालिकाका प्रवक्ता लाक्पाछिरी शेर्पाले जानकारी दिए।

नेपालमै पहिलोपटक सबमरिन ड्रोनको प्रयोग गर्न लागिएको गाउँपालिकाले दावी गरेको छ। गत साउन १९ मा हिमतालमा पौडी खेल्ने क्रममा बेपत्ता तीन विद्यार्थीमध्ये एक जनाको शव सशस्त्र प्रहरीको गोताखोरले भेट्टाएको थियो।

बेपत्ता भएको पाँच दिनपछि उनीहरुले पेम्बानुर्बु शेर्पाको शव २५ मिटर गहिराइबाट साउन २३ मा निकालेका थिए।

बेपत्ता पेम्बादोर्जे शेर्पा र सुनिल बराइलीको शव निकाल्न गोताखोरले निरन्तर पाँच दिनसम्म प्रयास गरे पनि सफल नभएपछि फर्किएको थियो।

विश्व रामसार सूचीमा सूचीकृत गोक्यो हिमताल समुद्री सतहबाट चार हजार ७५० मिटरको उचाइमा अवस्थित छ।

तालको गहिराइ केन्द्र भागमा ४८ मिटरसम्म रहेको अध्ययनकर्ताको भनाइ छ। ‘हाइ अल्टिच्यूड’मा रहेको हिमताल भएका कारण यहाँको तापक्रम सधैं माइनस दुई डिग्री सेल्सियसभन्दा कम रहने बताइन्छ।

अत्याधिक चिसो हुने भएपछि गोताखोरको स्वास्थ्यमा समेत नकारात्मक असर पुग्ने भएपछि टोली काठमाण्डौं फर्किएको खुम्बुपासाङल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिए।

वडाध्यक्ष अधिकारीको नेतृत्वमा ३३ जनाको टोली उद्धारमा सक्रिय भएको थियो। बेपत्ता विद्यार्थीको खोजीमा गोताखोरको प्रयास असफल भएपछि अत्याधुनिक उपकरण ‘सबमरीन ड्रोन’ खरिद गर्ने योजना बनाएको गाउँपालिकाका प्रवक्ता लाक्पाछिरि शेर्पाले बताए।

उनले भने, ‘हामीले खरिद गरेको उपकरण अत्याधुनिक टर्च लाइट बालेर पानीमुनि ५० मिटर गहिराइसम्म गएर खोज्न सक्ने उपकरण हो।’

सबमरिन ड्रोन कसले प्रयोग गर्ने भन्ने अझै यकिन भएको छैन। नेपाली सेना, सशस्त्र प्रहरी वा नेपाल प्रहरीमध्ये कुनै एकलाई आवश्यक तालिम प्रदान गरेर परिचालन गरिने बताइएकोे छ।

सबमरिने ड्रोनले बेपत्ता विद्यार्थी भेट्टाए सशस्त्र प्रहरी बलको गोताखोरलाई लगेर शव निकाल्ने खुम्बुपासङल्हमु गाउपालिकाका अध्यक्ष ङिमदोर्जी शेर्पाले बताए।

 

प्रतिक्रिया दिनुहोस
कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा नदिने

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले...

ओली निवास गुण्डुमा ढले जगन्नाथ थपलिया

    बागमती प्रदेशका एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया हिजो राति अध्यक्ष...

सुनसरीमा गोली लागेका रवीन्द्र मेहताको निधन

    सुनसरीको कप्तानगञ्ज घटनामा गोली लागेका २२ वर्षीय रवीन्द्र मेहताको निधन भएको...

पहिरोले अरनिको राजमार्ग अवरुद्ध

    अरनिको राजमार्ग अन्तरगत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२, लिपिङमा पहिरो खस्दा सडक पूर्ण...