टयाक्सी चालकलाई आजबाट पेहेलो ‘फ्लोरेसेन्ट’ ज्याकेट, नलाउनेलाई यस्तो कारवाही



हाम्रो इकोनोमि

 

उपत्यकामा रहेका ट्याक्सी चलाउने चालकहरुलाई आजबाट पहेलो ‘फ्लोरेसेन्ट’ ज्याकेट लगाउनुपर्ने भएको छ । महानगरीय ट्राफिक महाशाखाले सुन्धारामा विशेष कार्यक्रम गरी काठमाडौंमा भाडाका ट्याक्सी चलाउने ड्राईभरका लागि अध्यारोमा टल्कने र टाढैबाट प्रष्ट देखिने फ्लोरेसेन्ट ज्याकेट अनिवार्य लगानुपर्ने व्यवस्था लागू भएको जनाएको हो । सो कार्यक्रममा ट्याक्सी चालकहरुलाई सो ज्याकेट समेत वितरण गरिएको थियो ।

 

महानगरिय ट्राफिक प्रहरी कार्यालयले बुधबारदेखि ड्रेस लगाउनुपर्ने व्यवस्था सुरु भएको भए पनि पर्याप्त ड्रेस तत्काल संभव नहुने भएकाले एक महिनाको समय दिएको छ । एक महिना भित्र सबै ट्याक्सी ड्राईभरले ड्रेस नलगाए कारबाही हुने वरिष्ठ प्रहरी उपरीक्षक बसन्त पन्तले जानकारी दिनुभयो ।

 

‘यो सुरुवात हो, एक महिनाभित्र तपाईँहरू आफैँ ज्याकेट बनाएर लगाउनुस्’ ट्याक्सी ड्राइभरहरूलाई ज्याकेट वितरण कार्यक्रम उद्घाटन गर्दै पन्तले भन्नुभयो,‘अटेर गरे कारबाही हुन्छ।’

 

उहाँले ड्रेसले व्यवसाय र व्यवसायीलाई अनुसासित बनाउनुको साथै यात्रुलाई पनि सुविधा पुग्ने विश्वास व्यक्त गर्नुभयो । यात्रुलाईलाई गलत व्यवहार गरेको पाइएमा ट्याक्सी भित्र राखिएको नम्बरका आधारमा ट्रेस गरी त्यस्ता ड्राईभरलाई कानुनी कारबाहीको दायरामा ल्याइने उहाँले बताउनुभयो ।

 

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले अनिवार्य रुपमा ड्रेस लगायत पेशागत मर्यादा र अनुसासन देखाउन ट्याक्सी चालकहरुलाई निर्देशन दिनुभयो ।

 

उहाँले पुर्वाधार, उपयुक्त पार्किङ्गको व्यवस्था मिलाउन ट्राफिक प्रहरी र आवश्यक मिटर उपलब्ध गराउन सरकारसग माग गर्नुभयो । माग अनुसारको मिटर उपलब्ध नगराई मिटर नराखेको भन्दै ट्याक्सी चालकहरुलाई कारबाही गर्ने प्रवृत्तिको अन्त्य गर्न पनि उहाँले ध्यानाकर्षण गराउनुभयो ।

 

सरकारले ट्राफिक कार्यालयहरु र यातायात व्यवसायी राष्ट्रिय महासंघको समन्वयमा काठमाडौं उपत्यकासँगै देशभर भाडाका ट्याक्सी चलाउने सवारी चालकलाई ड्रेस कोड अनिवार्य गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...