राजधानीवासीले एक वर्षमा सिध्याए २ लाख २२ हजार राँगा,भैंसी, झण्डै १० अरब ७० करोड रुपैयाँको मासु बिक्री !



हाम्रो इकोनोमि

 

 गएको आर्थिक वर्षमा काठमाडौं उपत्यकामा २ लाख २२ हजार २ सयवटा राँगा भैंसीको मासु खपत भएको छ । साविकको पशुपंक्षी बजार प्रवर्द्धन निर्देशनाले दिएको प्रारम्भिक तथ्यांक अनुसार, गत वर्षको साउनदेखि असारसम्मको १२ महिनाको अबधिमा थानकोट, फर्पिङ, भक्तपुर र बालाजु नाकाबट १ लाख ८१ हजार ५ सय ४० वटा राँगा र ४० हजार ६ सय ६० वटा भैंसी मासुका लागि उपत्यकामा भित्रिएको हो ।

 

यो अबधिमा, ९ हजार ७७ ट्रक राँगा र २ हजार ३३ ट्रक भैंसी उपात्यका भित्रिएको हो । निर्देशनालयकी सूचना अधिकृत  गौरी थापाका अनुसार एउटा ट्रकमा सरदर १८ देखि २० वटासम्म राँगा भैंसी ल्याउने गरिन्छ।

 

एउटा राँगो भैंसीको तौल २ सयदेखि ३ सय किलोसम्म हुन्छ । निर्देशनायले एउटा राँगो वा भैंसीको तौल सरदरमा २ सय ५० किलोको दरले हिसाव निकाल्ने गर्छ । यो हिसाबले उपत्यकाबासीले २ लाख २२ हजार २ सय राँगा भैंसीको ५ करोड ५५ लाख ५० हजार किलो मासु सिध्याएका छन् । राँगाभैंसीको छाला, आन्द्रा भुँडी र हड्डी कटाएर ५० देखि ५५ प्रतिशत खुद मासुको हिसाब निकाल्ने गरिन्छ ।

 

मासु मात्रैको हिसाब गर्दा पनि,  ३ करोड ५ लाख किलोभन्दा बढी मासु उपत्यकामा खपत भएको छ । उपत्यकामा राँगा भैंसीको मासु किलोको ३ सय ५० रुपैयाँको हाराहारीमा बिक्री हुने गरेको छ । यो हिसाबले, १० अर्ब ६९ करोड रुपैयाँ भन्दा बढीको राँगा भैंसीको मासु उपत्यकामा बिक्री हुने गरेको छ । तर मासु पसलेले आन्द्रा भूँडी र हाड समेत सोलोडोलोमा मिलाएर बेच्ने गर्दा, यो रकम अझै बढी हुन्छ।

 

निर्देशनालयको विवरण अनुसार राँगा भदौ महिनामा सबभन्दा बढी र कात्तिकमा सबैभन्दा कम उपत्यका भित्रिने गरेको छ । भैंसी भने कात्तिकमा सबैभन्दा बढी र चैतमा सबैभन्दा कम भित्रिने गरेको पाइन्छ । तर यी राँगाभैंसी खानका लागि गुणस्तरको हिसाबले कति स्तरीय छन् भन्नेबारे अध्ययन हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...