कामपाले १० प्रतिशत बहाल कर उठाउने



हाम्रो इकोनोमि

 

 

काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा १० प्रतिशत बहाल कर उठाउने भएको छ । गत आर्थिक वर्षमा १२ प्रतिशत बहाल कर सङ्कलन गर्दै आएको कामपाले यस आवमा भने १० प्रतिशत बहाल कर उठाउने भएको हो ।

 

कामपाले चालु आर्थिक वर्षका लागि नागरिकलाई सहज होस् भन्ने उद्देश्यले विभिन्न सिफारिस दस्तुर निःशुल्क गरेको छ । निःशुल्क गरिएका सिफारिसमा नाबालक, स्वास्थ्य उपचार, अदालत शुल्क मिनाहा, स्वदेशमा अध्ययन गर्न दिइने छात्रवृत्ति, विपन्न विद्यार्थी, नागरिकता, आर्थिक अवस्था कमजोर भएको, अपाङ्गत भएका व्यक्ति, प्राकृतिक प्रकोपबाट भासिएको घर सिफारिसलगायत छन् ।

 

त्यस्तै घटना दर्ता –जन्म, मृत्यु, विवाह, बसाइँसराइ, सम्बन्ध विच्छेद जस्ता घटनाको सिफारिस पाउन ३५ दिनभित्र दर्ता गराए मात्र निःशुल्क हुने व्यवस्था गरेको छ । गएको वर्ष रु १० हजार लिइँदै आएको वैवाहिक अङ्गीकृत नागरिकता सिफारिस दस्तुर घटाएर यो वर्ष रु दुई हजार ५०० कायम गरिएको छ । व्यवसाय बन्द वा सञ्चालन सिफारिसमा गएको वर्ष रु २००० लिइँदै आएकोमा यसवर्ष रु एक हजार लिइने भएको छ ।

 

गएको वर्ष जग्गा दर्ता सिफारिसमा रु पाँच हजार लिने गरिएको थियो । त्यसलाई घटाएर यस वर्ष रु तीन हजार कायम गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...