बैंक तथा वित्तीय क्षेत्रले कुन–कुन क्षेत्रमा लगानी गरे , सात दिनभित्र योजना पेश गर्न अर्थ समितिको कडा निर्देशन



हाम्रो इकोनोमि

 

 

अर्थ समितिले नेपाल राष्ट्र बैंकलाई सात दिनभित्र बैंकहरुले के कस्ता क्षेत्रमा कति लगानी गरे सोको जानकारी उपलब्ध गराउन निर्देशन दिएको छ । अर्थ समितिको मंगलबार बसेको बैठकले कुन–कुन क्षेत्रमा बैंक तथा वित्तिय संस्थाले कति लगानी प्रवाह गरे त्यसको विस्तृत विवरण एक साताभित्र आइपुग्ने गरी माग्ने निर्णय गरेको हो ।

 

यस्तै अर्थ समितिले लामो अवधिको पूँजी परिचालनको योजना पनि राष्ट्र बैंकसँग मागेको छ । लामो अवधिको लगानी सुनिश्चितताको लागि लामो अवधिको लगानीयोग्य साधन वा पूँजी परिचालन गर्ने योजना र आधार के छ, लगानीको समस्या नआउने अवस्था ल्याउन राष्ट्र बैंकको कार्यायोजना के हो, बैंक तथा वित्तिय संस्थाले निक्षेपमा दिने ब्याज र ऋणमा दिने ब्याजदरको अन्तर के छ, ब्याजदरको अधिकतम सिमा कति हो सोको जानकारी अर्थ समितिलाई दिनुपर्ने भनिएको छ ।

 

अर्थसमितिको निर्देशन अनुसार नेपाल राष्ट्र बैंकले ब्याजदर घटाउनको लागि के गरिरहेको छ, बैंक तथा वितिय संस्थाको विगतको पाँच वर्षको अवस्था, नाफा ÷नोक्सान र तरलताको अवस्थाको जानकारी उपलब्ध गराउनु पर्नेछ ।

 

यस्तै वित्तिय क्षेत्र कार्यक्रम सुधारको अवस्था र त्यसको प्रभाव, मर्जर र एक्विजिसन पश्चात बैंक तथा वित्तिय क्षेत्रमा देखिएको असर, बैंक तथा वित्तिय संस्थाहरु संस्थागत सुसासनमा कस्ता छन्, विपन्न बर्ग कर्जा वास्तविक विपन्नले प्रयोग गर्न सके÷नसकेको अवस्था बारे पनि समितिले जानकारी मागेको हो ।

 

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...