बर्दिबासमा एक टेम्पो चालकको मृत्यु



हाम्रो इकोनोमि

 

पूर्व–पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबासमा सोमबार बसले टेम्पोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

सात घाइते भएका छन् ।

मृत्यु हुनेमा टेम्पो चालक बर्दिबास नगरपालिका–५ का ५० वर्षीय होमबहादुर लोप्चन रहेको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

काँकडभिट्टाबाट पश्चिमतर्फ आइरहेको मे१ख २५३७ नं को बसले टुटेश्वरनाथ बोलबमबाट बर्दिबासतर्फ आउदै गरेको ज१ह ११२६ नं को टेम्पोलाई बर्दिबास–५ लचकामा ठक्कर दिएको हो ।

घाइते लोप्चनको जनकपुरस्थित जानकी हेल्थ केयर सेन्टरमा उपचारका क्रममा मृत्यु भएको थियो ।

घाइते पाँच जनाको बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचार भइरहेको छ ।

गम्भीर घाइते बर्दिबास–५ का सङ्गीता लामा र सुकमाया घिसिङलाई उपचारका लागि काठमाडौँ पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...