बर्दिबासमा एक टेम्पो चालकको मृत्यु



हाम्रो इकोनोमि

 

पूर्व–पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबासमा सोमबार बसले टेम्पोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

सात घाइते भएका छन् ।

मृत्यु हुनेमा टेम्पो चालक बर्दिबास नगरपालिका–५ का ५० वर्षीय होमबहादुर लोप्चन रहेको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

काँकडभिट्टाबाट पश्चिमतर्फ आइरहेको मे१ख २५३७ नं को बसले टुटेश्वरनाथ बोलबमबाट बर्दिबासतर्फ आउदै गरेको ज१ह ११२६ नं को टेम्पोलाई बर्दिबास–५ लचकामा ठक्कर दिएको हो ।

घाइते लोप्चनको जनकपुरस्थित जानकी हेल्थ केयर सेन्टरमा उपचारका क्रममा मृत्यु भएको थियो ।

घाइते पाँच जनाको बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचार भइरहेको छ ।

गम्भीर घाइते बर्दिबास–५ का सङ्गीता लामा र सुकमाया घिसिङलाई उपचारका लागि काठमाडौँ पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...