१५ लाख लुटिएको भन्दै प्रहरी झुक्याउने पक्राउ



हाम्रो इकोनोमि

 

१५ लाख रुपैयाँ लुटिएको भन्दै प्रहरीलाई झुक्याउने एक व्यक्ति पक्राउ परेका छन् ।

 

स्वयम्भुको जंगलमा खुकुरी देखाएर १५ लाख लुटेको भनेर प्रहरीलाई झुटो जानकारी दिने अस्कर अलीलाई प्रहरीले पक्राउ गरेको हो ।

 

उनले भदौ ३ गते दिउँसो २ बजे न्युरोडको बज्रयोगिनी बहुउद्देश्यीय सहकारी संस्थाबाट १५ लाख रुपैयाँ झिकेर आफ्नो पसलतर्फ आउँदै गर्दा केही व्यक्तिले धारिलो हतियार देखाएर स्वयम्भुको जंगलमा लगेर लुटेको जानकारी प्रहरीलाई दिएका थिए ।

 

त्यसपछि महानगरीय प्रहरी वृत्त लैनचौर र महानगरीय प्रहरी परिसरको टोलीले अलीलाई सम्पर्क गरी अनुसन्धान गर्दा उनले उक्त रकम आफैले पकनाजोलस्थित राजेश श्रेष्ठको घरमा लुकाएको पाइएको प्रहरीले जनाएको छ ।

 

प्रहरीले अनुसन्धानका क्रममा अलीले उक्त रकम राजेश श्रेष्ठको घरको भर्‍याङमुनी लुकाएका थिए । उनले लुकाएको झोलामा १५ लाख ३१ हजार ८ सय रुपैयाँ र केही चिनियाँ युआन भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी मोहन थापाले जानकारी दिए ।

 

नाटकीय रुपमा पीडित बनेका अलीलाई पक्राउ गरी स्रोत नखुलेको उक्त रकमबारे अनुसन्धानका लागि लागी सम्पत्ति शुद्दिकरण अनुसन्धान विभाग पठाउने प्रहरीले बताएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...