नातिसँगको रिसिवी साँध्न हजुरबुवामाथि खुकुरी प्रहार



 

नातिसँगको रिसिवीलाई लिएर मोरङको पथरीशनिश्चरे नगरपालिका( ७ का ८१ वर्षीय जनक राईमाथि सोमबार बिहान खुकुरी प्रहार भएको छ। शौचालय जाने क्रममा बिहान करिब २ बजे खुकुरी प्रहार भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाइले बताए।

 

उनका अनुसार पथरीशनिश्चरे( ७ का सुशील लिम्बू, गणेश सुन्दास, विजय लिम्बू, सुदीप विक, अमन श्रेष्ठ, पथरीशनिश्चरे ४ का सागर राईलगायत १० जनाको समूहले नातिसँगको रिसिवीका कारण हजुरबुवालाई खुकुरी प्रहार गरेका हुन्। घटनामा संलग्न युवा र जनकका नाति प्रवेश राईबीच धेरै पहिलेदेखि फुटबल खेल्दादेखिको पुरानै रिसिवी रहेको प्रहरीले जनाएको छ।

 

प्रहरीका अनुसार घटनामा संलग्न युवा प्रवेशसँगै आइतबार राति साथीको जन्मोत्सव मनाउने क्रममा एउटै घरमा भेला भएका थिए। त्यहाँ पनि उनीहरुबीच नाच्ने विषयलाई लिएर विवाद उत्पन्न भएको थियो। उनीहरुबीचमा पुरानै रिसिवी पनि रहेको पाइयो, ु प्रनि बजगाईले भने, ुसाथीको जन्मोत्सव मनाउने क्रममा विवाद भएपछि रिसिवी साँध्न उक्त घटना भएको देखिन्छ।

 

उनका अनुसार विवादपछि प्रवेश सुत्न घर आएका थिए। त्यसपछि आक्रमण गर्ने योजना बनाएर उनको खोजी गर्दै घरमा पुगेका युवाको समूहले शौचालय जाँदै गरेका प्रवेशका हजुरबुवा जनकलाई खुकुरी प्रहार गरेर घाइते बनाएको जानकारी बजगाईले दिए।

 

घाइते जनकको ढाड र शरीरका विभिन्न भागमा चोट लागेको छ। गम्भीर अवस्थाका उनको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनामा संलग्न गणेश, विजय, सुदीप, अमन र सागरलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जानकारी बजगाईले दिए।

 

मुख्य नाइके सुशील लिम्बूलगायत पाँचजना फरार रहेका कारण खोजि थालिएको उनको भनाइ छ । पक्राउ परेका युवाले सुशीलकै योजनामा घटना भएको प्रहरीलाई बताएका छन्। सुशीलकै आग्रहमा प्रवेशको घरसम्म पुगे पनि आफूहरुको संलग्नता घटनामा नरहेको उनीहरुले प्रहरीसमक्ष बताएका छन्।

 

प्रतिक्रिया दिनुहोस
आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको

टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा