मृगलाई हानेको गोली लागेर आफ्नै दाइको मृत्यु



हाम्रो इकोनोमि

 

संखुवासभामा शिकारीले मृगलाई हानेको गोली लागेर एकजना युवकको मृत्यु भएको छ ।

 

आइतबार राति शिकार खेल्न गएका २१ वर्षीय रत्नबहादुर तामाङले मृगलाई प्रहार गरेको गोली लागेर मादी नगरपालिका(८ मावादिनका २५ वर्षीय हस्तबहादुर तामाङको मृत्यु भएको हो । हस्तबहादुर रत्नबहादुरका आफ्नै दाइ हुन् ।

 

मृतक हस्तबहादुर, उनका भाइ रत्नबहादुर र सोही ठाउँका २२ वर्षीय कृष्णबहादुर तामाङ फाबिङको सिरान रक्टे जंगलमा आइतबार राति शिकार खेल्न गएका थिए ।

 

रत्नबहादुरले मृगलार्इ चलाएको गोली हस्तबहादुरको निधारमुनी लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

 

घटनापछि रत्नबहादुर र कृष्णबहादुर दुर्इ थान भरुवा बन्दुक,, ५० ग्राम बारुद, गोलीको रुपमा प्रयोग हुने किटको १० वटा टुक्रा, २ थान खुकुरी र एकथान टर्चलाइटसहित प्रहरी चौकी मादीरामबेनीमा सम्पर्कमा आएको प्रहरीको भनाइ छ ।

 

घटनास्थलबाट समेत १ थान भरुवा बन्दुक बरामद गरी प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...