पूर्व राजदुत झाको हत्या, टाउकोमा तीन, घाँटीमा दुई चोट भेटियो, यस्तो रहेछ भित्रि रहस्य



हाम्रो इकोनोमि

 

फ्रान्सका लागी पूर्व नेपाली राजदूत केशवराज झाको काठमाडौँको बवरमहलस्थित आफ्नै निवासमा हत्या भएको छ । सोमबार विहान सुतिरहेको ठाउँमा मृत फेला परेपछि घटनाको अनुसन्धान शुरु गरेको प्रहरीले उनको हत्या भएको निष्कर्ष निकालेको हो ।

‘हत्या भएको आशंका गर्ने प्रशस्त प्रमाणहरु भेटिएका छन्,’ महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) धिरज प्रताप सिंहले भने, ‘घटनाबारे अनुसन्धान भईरहेको छ ।’

केशव झाको हत्या अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुका अनुसार उनको टाउकोमा तीन चोट लागेको छ भने घाँटीमा दुई चोट लागेको छ ।

बवरमहल बस्दै आएका झा दम्पती बाहेक उनिहरुको घरमा आइतबार राती विगत १० बर्षदेखि सेक्युरिटी गार्डका काम गर्दै आएका सानु तामाङ थिए ।

सोमबार बिहान पाँच बजे नै मालीको काम गर्दै आएका अन्य दुईजना झाको घरमा पुगेका थिए । सहयोगीहरुले पानी भरेर बिहानको सबै काम सिध्याउँदा पनी झा नउठेपछी श्रीमतीले सेक्युरिटी गार्ड र मालीकै सहयोगमा ढोका खोल्दा उनी मृत अवस्थामा पल्टिरहेको बताइएको छ ।

पूर्व राजदुत झाको एक छोरा, बुहारी र एक छोरी छिन् । आयरल्याण्ड बस्दै आएका छोरा किरणराज झा र बुहारीलाई गत शनिवार मात्रै उनले त्रिभुवन विमानस्थलबाट बिदाई गरेका थिए । छोरी राजश्री झा संयुक्त राष्ट्रसंघमा कार्यरत छिन् ।

प्रहरीका अनुसार झा सुतेको कोठाको झ्यालको जाली काटेर चुकुल खोलेको पाइएको छ । कुटनीतिक क्षेत्रमा राम्रो दख्खल राख्ने झा १९९३ देखी १९९७ सम्म फ्रान्सका राजदूत थिए । पूर्व राजदूतहरुको निवर्तमान अध्यक्ष समेत रहेका उनले लामो समय चिफ अफ प्रोटोकलको भूमिका निर्वाह गरेका थिए ।

‘उहाँलाई विहान मैले देख्दा बेडमा रक्ताम्मे अवस्थामा हुनुहुन्थ्यो,’ झालाई हेर्न विहानै बबरमहल पुगेका युवराज अधिकारीले भने, ‘उहाँको हत्या नै भएको हो, किनभने हामीसँग बारम्बार भेट हुँदा उँहा आत्महत्यालाई घृणा गर्नुहुन्थ्यो ।’

२०२३ सालमा परराष्ट्र सेवामा प्रवेश गरेका केशव राज झा ३० वर्षे सेवा अवधिका पुरा गरेर रिटायर्ड भएका थिए ।

प्रहरीले झाको हत्यामा संलग्न भएको आशंकामा दुई जनालाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...