१८ घण्टासम्म भाषण गर्न सक्छन् केपी ओली, यस्तो छ उनको क्षमता



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओली १८ घण्टासम्म भाषण गर्न सक्छन् । उनले एक नेपाली टेलिभिजनलाई दिएको अन्तर्वार्ताका क्रममा आफ्नो शरीर न त म्याराथनका लागि फिट छ न त बक्सिङ खेल्न भन्दै १८ घण्टा काम गर्न भने सकेको प्रतिक्रिया दिएका हुन् ।

 

उनको कामको गतिविधि भने भाषण नै हो । उनी जहाँ गएर पनि १८ घण्टासम्म भाषण गर्न सक्छन् । शारीरिक रुपले कमजोर भए पनि मानसिक रुपले भने ‘फिट’ भएको प्रमाण उनले दिएका छन् ।

 

प्रधानमन्त्री ओलीले सत्ता सम्हालेको भदौ ३ गते ६ महिना पुगेको छ । उनले सुशासन बढाउन सकेको र विदेश नीति मजबुद बनाउन सकेको प्रतिक्रिया दिएका छन् ।

 

जगजाहेरै छ कि सुशासन ध्वस्त भएको छ । कि त आक्रमण भएको छ कि त बेथिति बढेको छ । अर्कातर्फ विदेश नीति कहाँ मजबुद भयो ? छिमेकी राष्ट्रहरुबीच त समान नीति बनाउन नसकेको यो सरकारले कसरी विदेश नीति मजबुद बनायो ?

 

सरकारको सबैभन्दा ठूलो उपलब्धि त सरकार भाषण गर्न उद्दत छ । प्रधानमन्त्री ओली १८ घण्टा भाषण गर्न सक्छन् । सो क्रममा उनी विभिन्न कार्यक्रममा जान्छन् र उद्घाटन लगायतका काम गर्छन् ।

 

दुई तिहाईको बहुमत प्राप्त सरकारलाई कुनै कुराको डर छैन । कमजोरी केही लाग्दैन । सत्ता जाने चिन्ता छैन । त्यसैले त एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपाका मन्त्रीहरु मात्र हैन ढिला गरी जोडिएको उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमका मन्त्री पनि भाषणलाई प्राथमिकता दिन थालेका छन् ।

 

केन्द्रका मात्र हैन प्रदेशका मन्त्रीहरु समेत पनि भाषणमै व्यस्त हुन थालेका छन् । अहिलेसम्मको दिन विगतका सरकारको पालामा जस्तै औपचारितामा बितिरहेछ । उनीहरूको दिनचर्या उद्घाटन, पार्टीका कार्यक्रमको भाषण, सभा–समारोहमा अतिथि आसन ग्रहण, शिलान्यास, पुस्तक बिमोचन, एल्बम बिमोचन लगायतमै बितेको छ ।

 

नीति निर्माण तहमा पर्याप्त ध्यान नदिँदा छ महिना बितिसक्दासम्म परिणाम ‘हात लाग्यो शून्य’ भएको छ । र पनि सरकारले उपलब्धिमा भने निकै फड्को मारेको बताउँदै आएको छ ।

 

आफ्ना काममा राम्रो परिणाम निकाली सरकारलाई सफल बनाउन जुटनुपर्ने मन्त्रीहरु निजी स्वार्थमा केन्द्रीत बनेका छन् । त्यही स्वार्थले उनीहरुलाई कहिले विमोचन र कहिले बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्ने काममा नै मज्जा आउन थालेको छ ।

 

संघीय सरकारमा २५ जना मन्त्री रहेका छन् । उनीहरु अधिकांशको दिनचर्या भाषणमै बित्ने गरेको छ । जिल्लाजिल्लामा भाषण गर्न पुग्दा आर्थिक अपचलन बढी भइरहेको छ ।

 

सरकारले आर्थिक मितव्ययिता बढाउने भनिरहेको छ तर यसरी एउटा भाषण गर्नका लागि हेलिकोप्टरको प्रयोग गरिरहँदा कतिसम्म खर्च हुँदो रहेछ भन्ने जगजाहेरै छ ।

 

जसले मासिक १२ लाख रुपैयाँको पानी गाडी धुन खर्च गर्छ उसले मितव्ययिता अपनाइरहेको छ सरकार भन्छ भने त्यो पनि जनता झुक्याउने भाषणै हो ।

प्रतिक्रिया दिनुहोस
एमालेमा डिजिटल सदस्यता प्रणाली लागू

  नेकपा (एमाले) ले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने...

आज देशभर वर्षा र हिमपात हुने

    आज बिहानै काठमाडौँमा वर्षा भएको छ । यस्तै, दिउँसो मुलुकका केही...

एकैपटक १ हजार ५ सय ९४ जना पदमुक्त हुने

   राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश,...

अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...