दुई वृद्ध मृत फेला, करेन्ट लागेर एकको मृत्यु अर्का घाइते



हाम्रो इकोनोमि

 

गुर्भाकोट नगरपालिका–३ डोबगाउँमा बस्ने ७५ वर्षीय काली बाँठा मगर र ३५ वर्षदेखि सुर्खेत देउती बज्यै मन्दिर आसपास बस्दै आएका नाम बतन नभएका नाति भन्ने नामले चिनिने ७५ वर्षीय वृद्ध मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता श्यामसिंह चौधरीले जानकारी दिनुभयो ।

 

मृतक बाँठा मगर गुर्भाकोटको हिले स्वास्थ्य चौकीमा १ गते उपचार गरी फर्केको र २ गते अपराह्न ४ बजेतिर सो नगरपालिकाको आँखा रिग्ने भन्ने जङ्गलमा मृत भेटिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार नाम बतन नभएका मृतकको प्रहरी मुचुल्कापश्चात् शव परीक्षणका लागि क्षेत्रीय अस्पताल कालागाउँ सुर्खेत लगिएको छ । दुवै जनाको मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

उदयपुर जिल्लाको उदयपुर गढी गाउँपालिका–७ ध्वाँसे खोलामा विद्युत्को लाइनबाट करेन्ट तानेर माछा मार्ने क्रममा आइतबार एक युवकको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुनेमा स्थानीय २० वर्षीय कैलाश मगर रहेको र अर्का घाइते उमेश मगर रहेको प्रहरीले जनाएको छ । विद्युत्को मूल लाइनबाट करेन्ट तानेर माछा मार्ने क्रममा करेन्टले फालेर मगरको मृत्यु भएको हो भने अर्का घाइते भएको हो ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...