ट्याक्सी चालक हत्याका अभियुक्त नौ वर्षपछि पक्राउ



हाम्रो इकोनोमि

 

 

नौ वर्षअघि ट्याक्सी चालकको हत्या गर्ने अभियुक्तमध्येका एक जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । स्याङ्जाको गल्याङ नगरपालिका–१ ढाबखोलास्थित सिद्धार्थ राजमार्गमा हत्या गरी शव बाटोबाट तल फालेको अवस्थामा फेला परेको थियो ।

 

वडा प्रहरी कार्यालय वालिङले आज पत्रकार सम्मेलन गरी ट्याक्सी चालक पोखरा लेखनाथ महानगरपालिका–३० घर भई सोही महानगरपालिका–१७ मा डेरामा बस्ने १८ वर्षीय सुजन गुरुङको हत्या गर्ने कालीगण्डकी गाउँपालिका–५ बस्ने नेपाली सेनामा कार्यरत ३५ वर्षीय गोविन्द थापालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

 

विसं २०६६ चैत २९ गते राति १० बजे पोखराबाट स्याङ्जातर्फ आउँदै गरेको ग १ ज ३९६० नम्बरको कार रिजर्भ गरी आएको र भाडाका विषयमा विवाद हुँदा गोविन्द थापा र अर्का एक जनाले कार चालकको धारिलो हतियार प्रयोग गरी हत्या गरेको खुल्न आएको छ । प्रहरीले कर्तब्य ज्यान मुद्दाका अभियुक्त थापालाई वडा प्रहरी कार्यालय वालिङबाट खटिएको टोलीले साउन ११ गते तनहुँको डुम्रेबाट पक्राउ गरेको थियो ।

 

घटनाका बारेमा अनुसन्धान भइरहेको र फरार अर्को अभियुक्तको खोजीकार्य जारी रहेको वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक शङ्करप्रसाद आचार्यले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...