प्रचण्डमाथि घात गर्दै छन् केपी ?!



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिस्ट पार्टी ९एमाले० र नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टीको शक्तिशाली सरकार छ अहिले देशमा । उनीहरूले गरेको एकतालाई विश्वास गर्दै जनताले पनि स्थायी सरकारका लागि उक्त पार्टीलाई बहुमत दिएका हुन् ।

 

सरकार एकीकरणका बेला दुवै पार्टीका शक्तिशाली नेता केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सरकार सञ्चालनबारे समय निर्धारण गरेका समाचार पनि बाहिर आएका हुन् ।

 

तर नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री रहेका केपी शर्मा ओलीले सरकार सञ्चालनका लागि भएको भनिएको समय–सहमति तोड्ने संकेत गरेका छन् । शनिबार प्रदेश २ को सभालाई सम्बोधन गर्दै ओलीले सो कुराको संकेत गरेका हुन् ।

 

उनले प्रदेश २ सभालाई सम्बोधन गर्दै भने– हामीबाट जनताले ठूलो आशा राखेका छन् । स्थानीय तहको निर्वाचन भएको करिब एक वर्ष भइसक्यो, तर जनताले अनुभूत गर्न सक्ने परिवर्तन भएका छैनन् । अब तपाईंहरूको कार्यकाल भनेको चार वर्ष मात्रै हो । यस अवधिमा जनताले अनुभूत गर्ने विकास निर्माणका काम सम्पन्न गर्नुहोस् ।

 

प्रदेश सभालाई सम्बोधन गर्ने क्रममा उनले अगाडि भने– ‘तपाईंहरूको जस्तै मेरो कार्यकाल पनि पाँचै वर्षको मात्र हो, त्यसमा ६ महिना त व्यतीत भइसक्यो, अब यस्तै ९ वटा ६ महिना बाँकी छन् ।’

 

यसको अर्थ अब साढे चार वर्ष नै देशको प्रधानमन्त्री केपी ओली नै बन्ने हो भन्ने चर्चा राजनीतिक वृत्तमा चल्न थालेको छ । यदि उनले यही संकेत प्रदेश २ सभाबाट गरेका हुन् भने यी दुई दलको गाँठो कत्तिको कसिलो बन्न सक्ला चर्चाको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस
नयाँ टाटा पञ्च ईभी नेपालभर सार्वजनिक

    नेपालमा लामो समयदेखि बहुप्रतीक्षित मानिएको टाटाको नयाँ ‘पञ्च.ईभी’ काठमाडौँमा जारी ‘नाइमा...

शेरबहादुर देउवा पश्चिमको राजकुमार : शशांक

  नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीका पूर्वसभापति...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

कांग्रेस देउवा समूहको राष्ट्रिय भेला सुरु

     नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला सुरु भएको छ ।...