रिसाए किम जोङ उन, सनकीपनले ल्याउन सक्ने खतराको सामना गर्न यस्तो दिए कडा चेतावनी



हाम्रो इकोनोमि

 

उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो देशमाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध नहटाइएकोमा कडा निन्दा गरेका छन् ।

 

उत्तर कोरियाली सञ्चार माध्यमका अनुसार, नेता किमले मुलुकको उत्तरमा निर्माणाधीन परियोजनाको निरीक्षणका क्रममा अन्तर्राष्ट्रिय समुदायले उत्तर कोरियाको सकारात्मक पहललाई अझै बुझ्न नसकेको गुनासो गरे ।

 

पत्नीसहित उच्च अधिकारीका साथमा रहेका किमले साम्जीयोन काउन्टीमा सञ्चालित विकास परियोजनाको निरीक्षण गरेका थिए । यो परियोजनास्थल उनका बाबु किम जोङ इलको जन्मस्थान हो ।

 

ुदुश्मनले लगाएको प्रतिबन्ध र अबरोधक क्रियाकलाप हाम्रो समाजवादमाथिको विकासमा गम्भीर बाधा उत्पन्न गरिरहेका छन् , किमको भनाई उद्धृत गर्दै केसीएनएले भनेको छ, कठिन परिस्थितिमा पनि महान नेताको नेतृत्वमा आमजनताले ऐतिहासिक सफलता प्राप्त गर्नेमा हामी ढुक्क छौं ।

 

गत साता किमले पूर्वी तटीय क्षेत्रमा निर्माणाधीन वोन्सान-कल्माको निरीक्षणका क्रममा पनि दुश्मनहरुले लुटेरा शैलीमा अबरोध गरेको आरोप लगाएका थिए ।

 

किमले अमेरिकाका तर्फबाट दबाब सिर्जना गर्न विगतमा उत्तर कोरियाविरुद्ध लगाइएका आर्थिक तथा अन्य प्रतिबन्ध खुला गर्नुको साटो अझ कडा पारेको भन्दै आलोचना गरिरहेका छन् ।

 

अमेरिकी अर्थ मन्त्रालयले बुधबार मात्र उत्तर कोरियामाथि लगाइएका आर्थिक अबरोधलाई बेवास्ता गर्ने चिनियाँ र रुसी फर्ममाथि नयाँ प्रतिबन्धहरु लगाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
नयाँ टाटा पञ्च ईभी नेपालभर सार्वजनिक

    नेपालमा लामो समयदेखि बहुप्रतीक्षित मानिएको टाटाको नयाँ ‘पञ्च.ईभी’ काठमाडौँमा जारी ‘नाइमा...

शेरबहादुर देउवा पश्चिमको राजकुमार : शशांक

  नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीका पूर्वसभापति...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

कांग्रेस देउवा समूहको राष्ट्रिय भेला सुरु

     नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला सुरु भएको छ ।...