समृद्धि र विकासमा बलियो प्रदेश : मुख्यमन्त्री पोखरेल



हाम्रो इकोनोमि

 

 

पश्चिम नवलपरासीको सुनवल नगरपालिका नेपालकै पहिलो बालमैत्री नगर बन्न सफल भएको छ । भूमहीमा आज आयोजित कार्यक्रममा प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सुनवललाई नेपालको पहिलो बालमैत्री नगर घोषणा गरेका हुन् ।

 

सङ्घीय संरचना अनुसार नेपालका ७५३ स्थानीय तहमध्ये सुनवल देशकै पहिलो बालमैत्री नगर ९ स्थानीय तह ० बन्न सफल भएको हो ।

 

सो अवसरमा मुख्यमन्त्री पोखरेलले देशका अन्य प्रदेश भन्दा ५ नं प्रदेश समृद्धि र विकासका क्षेत्रमा बलियो प्रदेश बन्ने बताए । यस प्रदेशको चौतर्फी विकासमा प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने धारणा व्यक्त गर्दै उहाँले भौतिक पूर्वाधार, पर्यटन, आर्थिकलगायत सबै क्षेत्रका विकासका कामलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको छ भने ।

 

प्रदेश नं ५ का भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले प्रदेशलाई समृद्धि र विकास तर्फ उन्मुख बनाउने कार्यमा सबैको सहयोग आवश्यक रहेको बताए ।

 

बालमैत्री स्थानीय शासनको अवधारणा अन्तर्गत बालबालिका क्षेत्रका विविध काम गरी देशमै पहिलो बालमैत्री नगर बन्न सफल भएको सो नगरपालिकाका प्रमुख भीमबहादुर थापा९भरत०ले जानकारी दिनुभयो । बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिले तय गरेका ४२ विविध सूचककोमा सुनवल नगरपालिकाले लक्ष्यअनुसार सफलता हासिल गरेको छ ।

 

साविक सुनवल नगरपालिका यसअघि नै ०७२ जेष्ठ ३२ गते देशको पहिलो बालमैत्री स्थानीय शासन नगरपालिका घोषणा भएको थियो । सङ्घीय संरचनाअनुसार थप तीन वडाले आवश्यक सबै सूचक र लक्ष्य पूरा गरिसकेको छ ।

 

सेवा प्रवाह सम्बन्धी २७ र संस्थागत तर्फ १२ र अन्य तीन गरी कूल ४२ सूचकमा सुनवल नगरपालिकाले लक्ष्यअनुसार उपलब्धि हासिल गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले जानकारी दिए ।

 

पछिल्लो पटक बालमैत्रीको क्षेत्रमा नेपालमा प्रभावकारी नीति तथा कार्यक्रम कार्यान्वयन हुँदै गएको बालमैत्री स्थानीय शासनका राष्ट्रिय सहजकर्ता शर्मिला पौडेलले जानकारी दिए । नगरपालिकामा कूल ६८ हजार ८२ जनसङ्ख्यामध्ये २८ हजार २६० बालबालिका छन् । नगरपालिकामा १६० बाल क्लब छन् । त्यस्तै १३ वडास्तरीय बाल क्लब र एक नगरस्तरीय बाल क्लब सञ्जाल छन् ।

 

पश्चिम नवलपरासी जिल्लामा सात स्थानीय तह छन् । अब नगरलाई महिला र वातावरण मैत्री बनाउने लक्ष्य लिइएको नगरपालिकाको दाबी छ ।

 

प्रतिक्रिया दिनुहोस
शिक्षा र स्वास्थ्यको कर हटाउने सरकारको निर्णय

    सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट...

गगनसँग सति जान सकिँदैन : मोहन बस्नेत

    नेपाली कांग्रेसका नेता मोहन बस्नेतले गगन थापाको नेतृत्वमा परिचालित रुपमा विशेष...

अर्याल र जमरकट्टेललाई माछापुच्छ्रे बैंकमा नयाँ जिम्मेवारी

    माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो उच्च व्यवस्थापन टोलीलाई थप सुदृढ बनाउने उद्देश्यका...

एमाले बागमती सरकारका ६ मन्त्रीको राजीनामा

    बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ मन्त्रीले सामुहिक राजीनामा दिएका...