गाउँले कुट्ने प्रहरी हवलदारको यसरी भयो जागिर चट्



हाम्रो इकोनोमि

 

जिल्ला प्रहरी कार्यालय कालिकोटमा कार्यरत प्रहरी हवलदार सुरेन्द्रराम परियार निलम्बनमा परेका छन् ।

 

जिल्ला प्रहरी कार्यालयका सूचनना अधिकारी इन्सपेक्टर निरक चौलागाईँका अनुसार नयाँ मुलुकी ऐनविपरित नागरिकलाई कुटपिट गरेको अभियोगमा परियार निलम्बनमा परेका हुन् ।

 

इन्सपेक्टर चौलागाईँका अनुसार भदौ १ गते खाँडाचक्र नगरपालिका–१ निवासी गोविन्द दमाईलाई सामान्य विवादमा कुटपिट गरेको प्रहरी कार्यालयमा उजुरी परेपछि जिल्ला प्रहरी प्रमूख डिएसपी विनोद शर्माले परियारलाई निलम्वन गरेका हुन् ।

 

जिल्ला प्रहरी प्रमुख डिएसपी शर्माले नागरिकलाई सहयोग गर्ने प्रहरीले नै नागरिकमाथि अन्याय गरेकाले निलम्बन गरेको बताए । उनले गल्ती गर्ने कसैलाई पनि कानुनी कारवाहीको भागीदार बनाउने बताए ।

 

शर्माले जिल्लालाई सभ्य र सामाजिक सद्भावयुक्त बनाउन आफुले कुनै कसर बाँकी नराख्ने पनि बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...