टेलिकमकी एमडी कामिनीलाई हटाउने सरकारको निर्णय अदालतबाट सदर, नयाँ एमडीको खोजी सुरु



हाम्रो इकोनोमि

 

नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीलाई हटाउन सरकारले गरेको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेको छ ।

 

सरकारले पदबाट बर्खास्त गरेपछि न्याया खोज्दै सर्वोच्च अदालतमा रिट दायर गरेकी राजभण्डारीको रिटको सुनुवाइ गर्दै सर्वोच्चले सरकारकै निर्णयलाई सदर गरेको हो । सर्वोच्चका न्यायाधीश चालेन्द्र समशेर राणाको एकल इजलासले आज (आइतबार) राजभण्डारीको रिटका आधारमा अन्तरिम आदेश जारी गर्न नपर्ने ठहर गर्दै सरकारकै निर्णय सहि ठहर गर्दै सदर फैसला सुनाएको हो ।

योसँग टेलिकमको नयाँ प्रवन्ध निर्देशक नियुक्तिका लागि सरकारलाई बाटो खुल्ला भएको छ ।

 

सरकारले आफूलाई अन्यायपूर्वक पदबाट बर्खास्त गरेको भन्दै राजभण्डारीले शुक्रबार सर्वोच्चमा रिट दायर गरेकी थिइन् । नेपाल टेलिकमको इतिहासमै पहिलो पटक २०७३ असोजमा खुल्ला प्रतिष्पर्धाबाट उनी प्रबन्ध निर्देशक बनेकी थिइन् । गत मंगलबारको मन्त्रिपरिषदको बैठकले कामिनीलाई टेलिकमको प्रबन्ध निर्देशकबाट हटाउने निर्णय गरेको थियो ।

 

कामिनीले टेलिकमको देशभर फोरजी सेवा विस्तार गर्न नसकेको, ग्रामीण दूरसञ्चार कोषको रकमबाट मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने काममा ढिलाई गरेकोलगायतका विषयमा स्पष्टिकरण सोधेको थियो ।

 

पछि उनको कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै सरकारले उनलाई दुई पटकसम्म स्पष्टिकरण सोधेको थियो । दोस्रो पटकको स्पष्टिकरणको पनि चित्तबुझ्दो जवाफ नआएको भन्दै सरकारले उनलाई पदमुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...