आयल निगमको जग्गा फुकुवाका लागि आपूर्तिमन्त्री यादवले गरे यस्तो आग्रह



हाम्रो इकोनोमि

 

 

पेट्रोलियम पदार्थ भण्डारणका लागि खरिद प्रक्रियामै विवाद भई रोक्का भएको नेपाल आयल निगमको जग्गा फुकुवाका लागि पहल गर्न उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले संसदीय समितिसमक्ष आग्रह गरेका छन्।

 

प्रतिनिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा उनले भने, “निगमले किनेका जग्गा फुकुवा गर्नुप¥यो, पेट्रोलियम पदार्थ भण्डारणका लागि समस्या छ ।”

 

पेट्रोलियम पदार्थ बिक्री गर्ने पम्प र ओसार–पोसार गर्ने ट्याङकरका एकाधिकार अन्त्य गरिने दृढता व्यक्त गर्दै मन्त्री यादवले ट्याङकर र पम्प सञ्चालनका लागि अनुमति लिने कार्यलाई पारदर्शी बनाउन आवश्यक परेमा गोलाप्रथाका आधारमा छिनोफानो गरिने जानकारी दिए।

 

उद्योग क्षेत्रमा धेरै लामो समयदेखिको बेथिति हटाएर थिति बसाल्ने प्रयास भइरहेको बताउँदै उनले अरूलाई काम गर्न नदिने मनोवृत्ति भएका कर्मचारीलाई अब कारबाहीको दायरामा ल्याउने अठोट व्यक्त गरे।

 

उद्योग सञ्चालनको विषय कृषिजस्तो तत्कालै परिणाम दिन नसक्ने चर्चा गर्दै मन्त्री यादवले भने, “संसदीय समितिले ग्याँस, पेट्रोल डिपो सञ्चालन गर्न कसलाई दिने र कसलाई नदिने भन्दा पनि विधि र प्रक्रिया पुगे नपुगेको हेर्न उचित हुनेछ ।”

 

यसअघि बैठकमा समितिका सदस्यहरूले उक्त निगममा भएको घोटला, जग्गा खरिदमा भएको अनियमितता, ट्याङकर र पम्प सञ्चालनमा भएको एकाधिकारलगायत विषयमा सरकारको ध्यानाकर्षण गराए।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...