बस र मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार एक युवकको मृत्यु



हाम्रो इकोनोमि

 

 

वीपी राजमार्ग अन्तर्गत बस र मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार युकको मृत्यु भएको छ भने अर्का गम्भीर घाइते भएका छन् ।

 

महोत्तरीको बर्दिवास नगरपालिका ३ मा बस र मोटरसाइकल ठोक्किदा सिन्धुलीबाट बर्दिवासतर्फ आउँदै गरेको ज ११ प ५५४५ नम्बरको मोटरसाइकल र बर्दिवासबाट सिन्धुलीतर्फ जादै गरेको ना ४ ख ९९९९ नम्बरको बस ठोक्किदा मोटरसाइकलमा सवार व्यक्तिको मृत्यु भएको हो ।

 

मत्यृ हुनेमा बर्दिवास नगरपालिका–३ का ३० वर्षका नेत्रबहादुर स्माइलीमगर रहेका छन् । मगरको घटना स्थलमै मृत्यु भएको र घाइतेको बर्दिवासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

 

तीव्र गतिका कारण मोटरसाइकल बससँग ठोक्किएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...