एक वर्षमै सरकारी खर्चमा कर्मचारीको ४ हजार ९१६ विदेश भ्रमण



हाम्रो इकोनोमि

 

 

कर्मचारीको अनावश्यक विदेश भ्रमणका विषयमा बेलाबखत निकै ठूलो वहस चल्ने गरेको छ । उनीहरुको विदेश भ्रमण उपलब्धीपूर्ण भन्दा पनि पारिवारिक रमाइलो बनिरहेको भन्दै आलोचना हुने गरेको छ ।

यहि कुरालाई पस्ट्याउँदै कर्मचारीहरुले एक वर्षकै अवधिमा आश्चर्यलाग्दो विदेश भ्रमण गरेका छन् । एक वर्षको अवधिमा कर्मचारीका फरक–फरक समूहले विभिन्न देशमा ४ हजार ९१६ पटक भ्रमण गरेको प्रधानमन्त्री कार्यालयले जानकारी जनाएको छ । घुमन्ते कर्मचारीको रोजाइमा युरोप, अमेरिका र अस्ट्रेलिया बढी परेका छन् । यसरी भ्रमण गर्ने कर्मचारीले आफू मात्र नभई परिवारका सदस्यहरुलाई समेत पहुँचका आधारमा विदेश पुर्‍याएका छन् ।

 

प्रधानमन्त्री कार्यालयका अनुसार कर्मचारीका सार्क बाहेक एसियाली राष्ट्रमा १ हजार ५८७ पटक भ्रमण गरेका छन् । कर्मचारीले युरोपका विभिन्न देशमा ५५४ पटक भ्रमण गरेका छन् । यस्तै उत्तर अमेरिकी राष्ट्रमा २५५ र अस्ट्रेलियामा १६१ पटक भ्रमण गरेका छन् । कार्यालयका अनुसार कर्मचारीले भारतको ९०२ पटक भ्रमण गरेका छन् । चीनमा ८५५ पटक भ्रमण गरेका छन् ।

 

यस्तै भारत बाहेकका सार्क राष्ट्रमा ५१४ पटक भ्रमण गरेका छन् । कर्मचारीले अफ्रिकी मुलुकमा ५३ र दक्षिण अमेरिकी राष्ट्रमा ३५ पटक घुमेको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ ।

गएको आव २०७४÷७५ मा २२ मन्त्रालय, केन्द्रीय निकाय, आयोग र नियोगका गरी ५ हजार ११ कर्मचारीले विदेश भ्रमण गरेका थिए । प्रधानमन्त्री कार्यालयले सबै मन्त्रालय र निकायसँग भ्रमणको सम्पूर्ण विवरण मागेर अध्ययन गरिरहेको छ । एक वर्षमा कर्मचारीले ४५ हजार ६५७ दिन बिदेशमा बिताएको जनाइएको छ ।

 

कार्यालयले कर्मचारी गएका देश, भ्रमण संख्या र खर्चको विवरण निकालिरहेको छ । विदेश गएका कर्मचारीको भ्रमण मुलुकका लागि उपलब्धिमूलक भए नभएको विषयमा समेत अध्ययन भइरहेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले बताएका छन् । उनीहरुको भ्रमणलाई हेर्दा सरकारी कर्मचारीहरु आफ्नो गोजीको खर्च गर्नु नपर्दा सरकारको ढुकुटीमा कतिसम्म मोज गर्न अघि सर्दा रहेछन् भन्ने कुरालाई समेत पुष्टि गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...