पूर्वमन्त्री विश्वकर्मामाथि क्रसरमा आगजनी मुद्दा



हाम्रो इकोनोमि

 

 

सर्वोच्च अदालतको आदेशमा छुटेलगत्तै शुक्रबार पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर बिश्वकर्मा ‘प्रकाण्ड’ लाई प्रहरीले काभ्रे जिल्ला अदालतमा पेश गर्ने तयारी गरेको छ। उनीमाथि आगजनी मुद्दा जिल्ला अदालतमा छ।

 

काभ्रे जिल्ला अदालतले बिश्वकर्माविरुद्ध गत जेठमा वारेन्ट जारी गरेको थियो। काठमाडौं प्रहरीले चन्दा असुलेको आरोपमा गत साता उनलाई पक्राउ गरेकोमा सर्वोच्च अदालते शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिटमा छाड्ने आदेश दिएको थियो। लगत्तै अर्को मुद्दामा प्रहरीले पक्राउ गरेको थियो। राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठककै गाडीबाट उनी पक्राउ परेका थिए। उनी पाठकको गाडीमा सर्वोच्च अदालतबाट निस्किएका थिए। पाठकको गाडी रोकेर प्रहरीले पक्राउ गरेको हो।

 

कांग्रेस नेता कुन्साङ लामाले नमोबुद्ध–६ मा सञ्चालन गरेका क्रसरमा गत बैशाख १ गते सो पार्टीका कार्यकर्ताहरुले आगजनी गरेका थिए। आगलागीबाट क्रसरमा भएको २ वटा स्काभेटर, एउटा जेसीबी, ४ वटा ट्रिपर र एउटा जेनेरेटर जलेर नष्ट भएको िथयो। आगलागीमा झन्डै १० करोडको क्षती पुगेको पीडितको दाबी छ। प्रकाण्डकै नेतृत्वमा सो आगजनी भएको भन्दै प्रहरीले मुद्दा दायर गरेको छ। बिश्वकर्मा पूर्व मन्त्री समेत हुन्।

 

सोही मुद्दामा उनलाई अदालत पेश गर्न लागिएको हो। अदालतले उनको बयान लिएर थुन्ने वा छाड्ने आदेश दिनेछ।

 

पक्राउ परेका प्रकाण्डलाई अदालतमा पेश गर्ने तयारी भइरहेको काभ्रेका एसपी रवीराज खड्काले बताए।

 

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री विरुद्ध तरुण दलको पनि प्रदर्शन

  सदनमा प्रधानमन्त्री वालेन्द्र शाहको विवादित अभिव्यक्तिलाई लिएर कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण...

विपक्षीको विरोधपछि बैठक १५ मिनेटका लागि स्थगित

    विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ । प्रधानमन्त्री...

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति

    नेकपा (एमाले) ले नेपालको सिमासम्बन्धी विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले संघीय संसद्मा...

राष्ट्रघाती प्रधानमन्त्री राजीनामा दे भन्दै एमाले काठमाडौंको प्रदर्शन

  नेपालले थुप्रै ठाउँमा भारतको सीमा मिचेको भन्ने प्रधानमन्त्री वालेन्द्र शाहको विवादित अभिव्यक्तिलाई...