बाह्रबीसे-तातोपानी जोड्ने पुल बाढीले बगायो, बगर बन्यो बाह्रबीसे बजार



हाम्रो इकोनोमि

 

लगातारको बर्षापछि साँधीखोल्लामा आएको बाढी पुलमा थुनिदाँ बाह्रबीसे–तातोपानी नाका जोड्ने पुल बगेको छ । बाढीका कारण बाह्रबीसे बजार बगरमा परिणत भएको छ ।

 

बाढी पहिरोले गए राति पुल बगाएपछि बाह्रबीसे–तातोपानीबीचको सम्पर्क टुटेको छ । पुलमा ठूला ढुङ्गा आएपछि खोला थुनिएर बजारमा पसेको थियो । गए राति १० बजेतिर पुल बगाएपछि सबैतिरको सम्पर्क टुटेको स्थानीय राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।

 

दुई दिनअघि नगरपालिकाको बाह«बीसे र खुर्सानी बजार जोड्ने पुल भीरकुना र कोसिनडाँडा हुँदै आउने साँधीखोलाले क्षतिग्रस्त भएको थियो । भीरकुनाबाट झरेको पहिरो अझै बाह्रबीसे आई नपुगेकाले जोखिम अझै रहेको स्थानीयले जानकारी दिएका छन् । पहिरोले पुल छेउका ४ घर उच्च जोखिममा परेका छन् ।

 

बाह्रबीसेमा अहिले बाढी र पहिरोको त्रास बढेको इलाका प्रहरी कार्यालय बाह«बीसेका प्रहरी निरीक्षक यादव थापा क्षेत्रीले जानकारी दिएका छन् ।

 

यस्तै पासाङल्हामु राजमार्ग अन्तर्गत नुवाकोटको त्रिशुली–बेत्रावती खण्डको पुलमा गेर्खु खोलाले सडक कटान गरेपछि नुवाकोट र रसुवाको यातायात ठप्प बनेको छ । आइतबार बिहान खोलामा आएको बाढीले विदुर नगरपालिका–१ र विदुर नपा–१० जोड्ने पुलको दायाँ–बायाँको सडक कटान गरेकाले यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यालयले नुवाकोटले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
नुवाकोटमा मात्रै झण्डै १ हजार ५०० परिवार विस्थापित

     भोटेकोशीमा आएको विनाशकारी बाढीले नुवाकोटमा ठूलो भौतिक क्षति पुर्‍याएको छ ।...

बाढीपछि रसुवा भन्सारका १५ कर्मचारी बेपत्ता (नामावली सहित)

  भोटेकोशी बाढीका कारण रसुवा भन्सार कार्यालयका १५ कर्मचारी बेपत्ता भएका छन् ।...

धादिङ एकै ठाउँका २७ तीर्थयात्री बेपत्ता

  रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा निस्किएका धादिङका एकै क्षेत्रका २७ जना तीर्थयात्री र बस...

भोटेकोशी बाढीले हालसम्म १६५ को मृत्यु, ८२६ जना सम्पर्कविहीन

    भदौ १० गते तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको...