हरि महतको ” नरोउ छोरी तीजमा आउछु लिनलाई ” तिज गीत बिमोचन



हाम्रो इकोनोमि

 

नेपाली हिन्दु नारीहरुको महान चाड हरितालिका तिज जति-जति नजिकिँदै छ । त्यति-त्यति नयाँ तिज गित बजारमा आउने क्रम बढिरहेको छ । यसै क्रममा बिभिन्न कलाकारहरु तिज गीत बिमोचन गर्न भ्याई नभ्याई लागिपरिरहेका छन् । पछिल्लोपटक पर्यटन,भजन र लोकभाकाहरु गरेर तिन दर्जनजति म्युजिक भिडीयो निकालिसकेका चर्चित गायक हरि बहादुर महतको ” नरोउ छोरी तीजमा आउछु लिनलाई ” भन्ने बोलको तिज गीत बिमोचन गरीएको छ । महतको यस तिज गीतलाइ सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित लगायतका अतिथिले बिमोचन गरेका थिए ।

 

हरिहरभवन स्थित सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको निवासमा भएको बिमोचन कार्यक्रममा प्रमुख अतिथिको रुपमा स्वयम् मन्त्री लालबाबु पण्डित,विशिष्ट अतिथि बिमला महत,अतिथि प्रेस काउन्सिल नेपालका सदस्य गोबिन्द चौलागाई,पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष शन्तराम बिडारी,बरिस्ठ पत्रकार राजिब सिलवाल लगाएत अन्य माहानुभावहरु रहेका थिए ।

 

प्रमुख अतिथि मन्त्री पण्डितले महतको तिजको गीत ” नरोउ छोरी तीजमा आउछु लिनलाई ” हेरेपछि आफुलाई यो गीत निकै मन परेको र अत्यन्त मर्मस्पर्सी अनि समाजमा सकारात्मक सन्देश दिन सफल हुनेकुरा व्यक्त गरे । यसका साथै, बिमोचन कार्यक्रममा बोल्दै गाएक हरि बहादुर महतले आफु र आफ्नो टिमले यस गितकोलागि भनेर निकैनै मेहनत गरेको बताउदै यो तिज गीत दर्शकहरुले अबस्यनै मन पराइदिनु हुनेछ भन्नेमा आफु पूर्ण आशावादी रहेको बताए ।

 

बिहानी सांगेतिक समुहको प्रस्तुति रहेको यो तिज गीतको सब्द,लय र गाएक हरि बहादुर महतको रहेको छ भने गायिकाहरुमा डोलमाया गुरुङ,देबी महतो र गौमती चौलागाई रहेका छन् । यस्तै सन्तोष पौडेलको रेकर्डिङ रहेको यस गीतमा एरेन्ज गर्ने काम जुजु गुरुङले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...