यसकारण रोकियो हृदयेश र वृजेशको नेकपा प्रवेश



हाम्रो इकोनोमि

 

 

२०७४ को प्रतिनिधिसभा चुनावमा नेपाली काँग्रेसमा उम्मेदवारसँग टक्कर लिने गतिलो उम्मेदवार नभेटेपछि तत्कालिन एमालेले नवलपरासी १ मा हृदयेश त्रिपाठीलाई सूर्य चिह्न थमाएको थियो। नवलपरासीमा मधेशी गठबन्धनले पार नलाग्ने देखेपछि राजपा त्यागेर बसेका त्रिपाठी पनि गौंडो कुरेरै बसेका थिए।

 

काँग्रेसले जित्नभन्दा बरु अरु कसैले एउटा सांसद पद लगोस् भनेर भौंतारिएको एमालेले त्रिपाठीलाई फेला पार्यो चुनावको मुखमा। २०४८ देखि चुनाव जित्दै आएका त्रिपाठी २०७० को चुनावमा बल्ड्याङ खाएपछि दह्रै पार्टनरको पर्खाइमा थिए।

मधेशी गठबन्धनमा हुँदा एमालेको हुर्मत लिने त्रिपाठीले यू टर्न गरे। सूर्य चिह्न थमाउँदै एमालेले हृयदेश त्रिपाठीलाई एमालेले पार्टी भित्र्याउन जमर्को गरेको पनि थियो। तर, राजनीतिका माहिर खेलाडी त्रिपाठीले मुख ठूलै पारेपछि एमालेले चुनावी नतीजा आएपछि देखा जाएका भनेर पछि हट्यो।

 

त्रिपाठीले ५ हजार बढी मत अन्तरले चुनाव जिते । चुनाव जितेर संसद भवन पसेपछि त्रिपाठी पनि एमालेकै लाइनमा बस्न थाले।

 

पछिल्ला दिनमा त्रिपाठीको स्वतन्त्र विचार गुटका वृजेश गुप्ता सहितका नेताहरुलाई सत्तारुढ नेकपामा विलिन गराउन नेकपाका दोश्रो तहका नेताले केही राउण्ड छलफल पनि गरे।

त्रिपाठीलाई कम्तिमा स्थायी समिति सदस्य र संसदीय समितिको सभापति बनाउने तयारी सहित, नेकपा कार्यालयले हल्ला फैलाइदियोः बिहीबार त्रिपाठी र गुप्ता सहितका नेताहरुको पार्टी प्रवेश, अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबाट स्वागत गरिने भनेर।

 

त्रिपाठी र गुप्तालाई अबीर लगाउन गएका अध्यक्षद्वयले, धुम्बाराहिमा आयोजित पार्टी प्रवेश काँग्रेसका केही कार्यकर्ता सहितको एउटा समूहलाई स्वागत गरे।

 

तर, न त्रिपाठी गए। न त गुप्ता नै। आखिर त्रिपाठी र गुप्ता किन गएनन् साउन मसान्तको पार्टी प्रवेश कार्यक्रममा रु अध्यक्ष ओली निकाट श्रोत भन्छ, त्रिपाठी र गुप्ता बिहीबाररै पार्टी प्रवेश गर्ने निश्चित भएको पनि हो।

 

तर, अन्तिम समयमा आएर त्रिपाठीले अर्को शर्त राखे। शर्त थियो, “नेकपा प्रवेश गर्छौं तर मन्त्री बनाउनु पर्छ, संसदको कुनै समितिको सभापति मात्रैले त भएन”। त्रिपाठीको शर्त अध्यक्ष ओली कहाँ पुग्यो।

 

पार्टीमा भित्र्याउने अन्तिम समयमा यस्तो प्रस्ताव राख्ने रु ओली रन्किए। संविधानले तोकेको अधिकतम कोटा अनुसार २५ सदस्यीय मन्त्रीमण्डल पुगिसकेको छ, अब कस्लाई फालेर उनलाई राख्ने ?  एकजना कानुन मन्त्री आफ्नै थुतुनो जोगाउन नसक्दा बाहिरिएर भर्खर नयाँ मन्त्री राखेको छु, फेरी कसलाई शहीद बनाउने रु भवितव्य पर्‍यो र कसैले बाटो ततायो भने कुरा अर्कै हो, नत्र तत्काललाई संभव छैन। बरु जो जति आउँछन् उनीहरुलाई नै अबीर लाइदिम्ला। अन्ततः त्रिपाठी र गुप्ता धुम्बाराही आएनन्। तत्काललाई नेकपामा विलय हुने संभावना टर्यो।

 

प्रतिक्रिया दिनुहोस
एमालेमा डिजिटल सदस्यता प्रणाली लागू

  नेकपा (एमाले) ले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने...

आज देशभर वर्षा र हिमपात हुने

    आज बिहानै काठमाडौँमा वर्षा भएको छ । यस्तै, दिउँसो मुलुकका केही...

एकैपटक १ हजार ५ सय ९४ जना पदमुक्त हुने

   राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश,...

अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...