नयाँ मुलुकी संहिता अपूर्ण भए सच्याउछौँ : प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकी संहितामा केही अपूर्ण र अनावश्‍यक कुराहरु समेटिएको भए सरकार सच्‍याउन तयार रहेको बताएका छन्।

 

संहिता लागू भएको पहिलो दिन संघीय मामिला तथा कानुन मन्त्रालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘आज मुलुकी संहिताको पहिलो दिन हो। यसमा केही अपूर्णता र अनावश्‍यक भएको विषयहरु समेटिएको भए सरकार पुनस् छलफलको माध्‍यमबाट सच्‍याउन तयार छ।’

 

प्रधानमन्त्री ओलीले मुलुकी ऐन सरकारले आफूखुसी नभएर गत वर्ष नै निर्वाचित जनप्रधिनिधिबाट पास भएर लालमोहर लागेको दाबी गरे। उनले भने, ‘मुलुकी संहितामा दुई कार्यकालका सांसदहरुले व्‍यापक छलफल गरेर लालमोहर लगाएका छन्। अब यसमा विरोधका लागि विरोध गरेर के हुन्छ ?’

 

उनले जनप्रतिनिधिले बनाएको मुलुकी संहितालाई सरकारले जथाभावी ऐन ल्‍यायो भन्‍नु भ्रम फिजाउनका लागि थप भ्रम पैदा गर्ने गरेको बताए। उनले भने, ‘नेपालको शासन प्रणालीमा जनप्रतिधि स्वयमले सुझाव दिएर ल्‍याएको मुलुकी संहितालाई जथाभावी ऐन ल्‍यायो भन्‍नु भ्रम फिजाउनका लागि थप भ्रम पैदा गर्नु हो।’

 

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...