नयाँ मुलुकी संहिता अपूर्ण भए सच्याउछौँ : प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकी संहितामा केही अपूर्ण र अनावश्‍यक कुराहरु समेटिएको भए सरकार सच्‍याउन तयार रहेको बताएका छन्।

 

संहिता लागू भएको पहिलो दिन संघीय मामिला तथा कानुन मन्त्रालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘आज मुलुकी संहिताको पहिलो दिन हो। यसमा केही अपूर्णता र अनावश्‍यक भएको विषयहरु समेटिएको भए सरकार पुनस् छलफलको माध्‍यमबाट सच्‍याउन तयार छ।’

 

प्रधानमन्त्री ओलीले मुलुकी ऐन सरकारले आफूखुसी नभएर गत वर्ष नै निर्वाचित जनप्रधिनिधिबाट पास भएर लालमोहर लागेको दाबी गरे। उनले भने, ‘मुलुकी संहितामा दुई कार्यकालका सांसदहरुले व्‍यापक छलफल गरेर लालमोहर लगाएका छन्। अब यसमा विरोधका लागि विरोध गरेर के हुन्छ ?’

 

उनले जनप्रतिनिधिले बनाएको मुलुकी संहितालाई सरकारले जथाभावी ऐन ल्‍यायो भन्‍नु भ्रम फिजाउनका लागि थप भ्रम पैदा गर्ने गरेको बताए। उनले भने, ‘नेपालको शासन प्रणालीमा जनप्रतिधि स्वयमले सुझाव दिएर ल्‍याएको मुलुकी संहितालाई जथाभावी ऐन ल्‍यायो भन्‍नु भ्रम फिजाउनका लागि थप भ्रम पैदा गर्नु हो।’

 

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री विरुद्ध तरुण दलको पनि प्रदर्शन

  सदनमा प्रधानमन्त्री वालेन्द्र शाहको विवादित अभिव्यक्तिलाई लिएर कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण...

विपक्षीको विरोधपछि बैठक १५ मिनेटका लागि स्थगित

    विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ । प्रधानमन्त्री...

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति

    नेकपा (एमाले) ले नेपालको सिमासम्बन्धी विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले संघीय संसद्मा...

राष्ट्रघाती प्रधानमन्त्री राजीनामा दे भन्दै एमाले काठमाडौंको प्रदर्शन

  नेपालले थुप्रै ठाउँमा भारतको सीमा मिचेको भन्ने प्रधानमन्त्री वालेन्द्र शाहको विवादित अभिव्यक्तिलाई...