मन्त्रिपरिषद बैठक : थापा प्रधानसेनापतिमा नियुक्त



हाम्रो इकोनोमि

सरकारले नेपाली सेनाको प्रधानसेनापतिमा पूर्णचन्द्र थापालाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको आज (शुक्रबार) बसेको बैठकले आउँदो भदौ २४ गतेबाट लागू हुने गरी थापालाई प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरेको हो ।

थापालाई यसअघि नै सरकारले कामु सेनापतिको जिम्मेवारी दिइसकेको थियो । नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त गरिएका थापा नेपाली सेनाभित्रका अब्बल सैनिक अधिकारीका रुपमा चिनिन्छन् । अत्यन्तै अनुशासित, भद्र, अध्ययनशील र अनुभवी जर्नेलका रुपमा परिचित उनलाई यसअघि नै नेपाली सेनाको भावी नेतृत्वका रुपमा हेरिएको थियो ।

हालका प्रधानसेनापति राजेन्द्र क्षत्रीले बिहीबार थापालाई सेनाको कमाण्ड हस्तान्तरण गरेर बिदामा बसिसकेका छन् । सेनामा अवकास हुनुभन्दा एक महिना अघि प्रधानसेनापति बिदामा वस्नेत प्रचलन छ । नेपाली सेनामा यससंगै नेपालबाट स्टाफ कलेज गर्ने थापा पहिलो प्रधानसेनापति समेत बनेका छन् ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...