मन्त्रिपरिषद बैठक : थापा प्रधानसेनापतिमा नियुक्त



हाम्रो इकोनोमि

सरकारले नेपाली सेनाको प्रधानसेनापतिमा पूर्णचन्द्र थापालाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको आज (शुक्रबार) बसेको बैठकले आउँदो भदौ २४ गतेबाट लागू हुने गरी थापालाई प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरेको हो ।

थापालाई यसअघि नै सरकारले कामु सेनापतिको जिम्मेवारी दिइसकेको थियो । नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त गरिएका थापा नेपाली सेनाभित्रका अब्बल सैनिक अधिकारीका रुपमा चिनिन्छन् । अत्यन्तै अनुशासित, भद्र, अध्ययनशील र अनुभवी जर्नेलका रुपमा परिचित उनलाई यसअघि नै नेपाली सेनाको भावी नेतृत्वका रुपमा हेरिएको थियो ।

हालका प्रधानसेनापति राजेन्द्र क्षत्रीले बिहीबार थापालाई सेनाको कमाण्ड हस्तान्तरण गरेर बिदामा बसिसकेका छन् । सेनामा अवकास हुनुभन्दा एक महिना अघि प्रधानसेनापति बिदामा वस्नेत प्रचलन छ । नेपाली सेनामा यससंगै नेपालबाट स्टाफ कलेज गर्ने थापा पहिलो प्रधानसेनापति समेत बनेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...