जेलका कैदीबीच झडप, तीन घाइते, यस्तो छ झडप हुनुको कारण



हाम्रो इकोनोमि

 

पाल्पा कारागारमा कैदीहरूबीच झडप हुँदा तीन जना घाइते भएका छन् । चौकीदार समूह र बन्दी समूहबीच झडप हुँदा कैदी सन्तोष नेपाली, लोकबहादुर खाँड र अर्जुन घिमिरे घाइते भएका हुन् । घाइते बन्दीहरूको टाउको र हातमा चोटपटक लागेको छ ।

 

उनीहरूको पाल्पा अस्पतालबाट रिफर गरी लुम्बिनी मेडिकल कलेजमा सिटी स्क्यान गरी उपचार गरिएको छ । पाल्पा कारागारका हालका चौकीदार विश्वास गुरुङ, मूल नाइके लक्ष्मण चौधरी, नाइके देवनारायण ढुंगानाले बन्दीहरूमाथि चरम शोषण गर्दै आएको, कारागारभित्रै लागुऔषध कारोबार गर्दै आएको, माफी दिलाइदिन्छु भनी बन्दीहरूसँग ५ देखि ५० हजार रुपैयाँसम्म घुस लिँदै आएको आरोप लगाइएको छ ।

 

नाइकेहरूले सरसमान महँगोमा बिक्री गर्दै आएका, नयाँ कैदी कारागारभित्र आउँदा १ देखि २० हजारसम्म रकम असुल गर्दै आएका, नाइके नियुक्तिको लागि ५ देखि ५० हजारसम्म घुस मागेको, गुणस्तरहीन खाना खुवाएको, घरबाट ल्याई खाना खान नपाउने भन्दै कारागारभित्र अत्याचार र अशान्ति फैलाउँदै आएकोले आन्दोलनमा उत्रिनुपरेको कैदीहरूले बताएका छन् ।

आन्दोलनरत कैदीहरूले हालका चौकीदार नाइके बन्दीलाई अन्य कारागारमा स्थानान्तरण, छानबिन गरी कारवाही गर्नुपर्ने माग गरेका छन् । माग पूरा नभए पुनः आन्दोलन गर्ने उनीहरूले जनाएका छन् । कारागारभित्र लागुऔषधको खुला रूपमा भएको कारोबार सबै पक्षको मिलेमतोमा भएको कैदीहरूले आरोप लगाएका छन् ।

 

कैदीहरूले लगाएको आरोपका विषयमा सत्यतथ्य पत्ता लगाउन जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रशासकीय अधिकृत हुमबहादुर पाण्डेको संयोजकत्वमा छानबिन समिति गठन गरी काम सुरु भएको प्रमुख जिल्ला अधिकारी मनोहर खनालले बताए । जिल्ला प्रहरी कार्यालयले चौकीदार गुरुङ, मूल नाइके चौधरी, नाइके ढुंगाना र नाइके लोकबहादुर खाँडलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ । कैदीहरूले लगाएको आरोपका विषयमा अनुसन्धानका लागि चौकीदार, मूल नाइके र नाइकेलाई सोधपुछका लागि कार्यालयमा ल्याएको प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले बताए ।

 

हालै जिल्ला स्वास्थ्य कार्यालयबाट सरुवा भई पाल्पा कारागारमा जेलरको कार्यभार सम्माहलेकी भक्तिसरा रानाले राज्यले बन्दीहरूलाई दिएको सुविधा चौकीदारमार्फत नियमित रूपमा उपलब्ध गराउँदै आएको बताइन् । प्रत्येक आर्थिक वर्ष सकिएपछि कारागारभित्र नयाँ चौकीदार, नाइके चयन गर्ने नियम भएको र सोही विषयको छलफलमा दुवै पक्षबीच झडप भएको कारागार प्रमुख रानाले बताइन् । पाल्पा कारागारमा २ सय ४ जना पुरुष बन्दी रहेका छन भने ५२ जना महिला बन्दी छन् ।

 

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...