आफ्नै प्रेमिकालाई खुकुरी र भाला रोप्ने प्रेमी यसरी परे प्रहरीको फन्दामा



 

मोरङको ग्रामथान गाँउपालिका ५ तेतरियास्थित सिद्राहामा एक युवाले प्रेमिकाले धोका दिएको भन्दै खुकुरी र छुरा प्रहार गरी हत्या गरेका छन ।

 

शुक्रबार बिहान अन्दाजी ९:३० बजे पहेँलो रंगको को १७ प १७२३ नम्बरको स्कुटर चढेर आएका बिराटनगर १३ का ३० बर्षिय दिनेश भट्टराईले सोही स्थानकी २३ बर्षिया सिता घिमिरेलाई छाती,घाँटी लगायतका स्थानमा अन्धाधुन्द खुकुरी र छुरा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको छ ।

 

घटनास्थलमा पुगेको प्रहरी टोलीका अनुसार अनुसार उनीहरु प्रेमीप्रेमिका रहेको र प्रेममा धोका भएपछि उनको हत्या भएको प्रारम्भिक जानकारी आएको बताएका छन युवतीको शरिर क्षतबिक्षत पारेर भाग्ने क्रममा स्थानीयले ति युवालाई पक्राउ गरी प्रहरीलाई खबर गरेका थिए ।

 

ति युवालाई ईलाका प्रहरी कार्यलय बेलबारीले नियन्त्रणमा लिएको छ । उनले आफुमाथि धोका भएको र उनको हत्या गर्ने योजना बनाएको प्रारम्भिक बयान दिएका छन

 

यसै गरी मुगुको छाँयानाथ रारा नगरपालिका -१ ठिनी गाउँमा सडक खन्ने क्रममा चोट लागेर एकजना मजदुरको मृत्यु भएको छ।

ग्रामीण पहुँच कार्यक्रमअन्र्तगत गमगढी धैन धुलाचौर सडक खण्डअन्र्तगत सदरमुकाम गमगढीस्थित छायानाथ रारा नगरपालिका-१ ठिनी क्षेत्रमा सडक निर्माणका क्रममा कालिकोट, चंचल झर्ना गाउँपालिका- ६ का २५ वर्षीय पदम बुढाको चोट लागेर मृत्यु भएको हो।

 

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार सडकमा काम गर्ने क्रममा बिहीबार अपरान्ह सावेल पेटमा लागेर गम्भीर चोट लागेका बुढालाई तत्काल जिल्ला अस्पताल पुर्‍याइएको थियो।

 

उपचारका क्रममा शुक्रबार बिहान बुढाको मृत्यु भएको प्रहरी जनाएको छ।मृतक बुढाको शव जिल्ला अस्पतालमा राखिएको र पोष्टमार्टम पछि आफन्तलाई बुझाइने जिल्ला प्रहरी कार्यालयलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा

सन्दीप विरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

    महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको