ओमप्रकाश मिश्रपनि प्रधानन्यायाधीश नहुने पक्का, चोलेन्द्रशमशेर राणालाई प्रधानन्यायाधीश बनाउने प्रचण्डको योजना



हाम्रो इकोनोमि

 

प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीलाई संसदीय सुनुवाइ समितिबाट अस्वीकृत गर्ने योजनामा उपेन्द्र महतो र प्रचण्डलगायतको टोली सफल भएपछि अब उनीहरू ओमप्रकाश मिश्रलाई पनि प्रधानन्यायाधीश बन्न नदिन सक्रिय भएको पाइएको छ ।

 

जोशीलाई पन्छाएर चोलेन्द्रशमशेर राणालाई प्रधानन्यायाधीश बनाउने योजनामा रहेका प्रचण्ड–उपेन्द्रको टोलीले यज्ञालय (उपेन्द्र महतोको घर, टङ्गाल) मा स्वयम् राणालाई समेत सामेल गराएर ‘भात बैठक’ राखेको जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भएपछि यस योजनामा केही अड्चन पैदा भएको बुझिएको छ ।

 

जोशीलाई अनेक आरोप लगाएर पत्रिकाबाजी गर्ने र पत्रिकाबाजीकै बीचमा जोशीलाई संसदीय सुनुवाइ समितिबाट अस्वीकृत गराई तत्कालै चोलेन्द्रशमशेर राणालाई चार वर्षका लागि प्रधानन्यायाधीश बनाउने रणनीति प्रचण्ड, उपेन्द्र यादव, उपेन्द्र महतो र कैलाश सिरोहियाले बनाएका थिए ।

 

यही योजना सम्पन्न गर्न यज्ञालयमा चोलेन्द्रलाई समेत सामेल गराएर ‘भात बैठक’ राखिएको थियो । तर, यो बैठकसहितको गुप्त योजनाबारे प्रधानमन्त्री ओलीले जानकारी पाएपछि उनी झस्किएका छन् ।

 

प्रधानमन्त्री ओली अब अदालतलाई थप विवादमा आउन नदिन कटिबद्ध रहेको र, मिश्रलाई नै प्रधानन्यायाधीश सिफारिस गर्नु उपयुक्त हुने पक्षमा भएको बताइन्छ ।

 

तथापि ओलीलाई मनाउन प्रचण्डबाट अनेकौँ प्रयास भइरहेको छ । शुरुमा प्रचण्डहरूले मिश्रको पनि शैक्षिक प्रमाणपत्रको विषयलाई विवादमा ल्याएर वातावरण बनाउन खोजेका थिए । उक्त ‘हतियार’ काम नलाग्ने देखिएपछि प्रचण्डले केपीलाई ‘ओमप्रकाश भारतनिकटको व्यक्ति भएको र उनलाई प्रधानन्यायाधीश बनाइँदा सरकारलाई काम गर्न निकै अप्ठ्यारो पर्न सक्ने’ भन्दै मिश्रविरुद्ध भड्काउने प्रयास गरिरहेका छन् ।

 

तर, प्रधानमन्त्री ओली अब अदालतलाई थप विवादमा आउन नदिन कटिबद्ध रहेको र, मिश्रलाई नै प्रधानन्यायाधीश सिफारिस गर्नु उपयुक्त हुने पक्षमा भएको बताइन्छ ।

 

प्रचण्ड र उपेन्द्र महतोको चल्यो भने चोलेन्द्रशमशेर प्रधानन्यायाधीश बन्ने सम्भावना जति छ, उनीहरूको सुनुवाइ ओलीबाट नभएमा मिश्र नै आगामी पुस १७ गतेसम्मका लागि प्रधानन्यायाधीश बन्नुहुने निश्चित मानिएको छ । मिश्रपछि भने हरिकृष्ण कार्कीतर्फ सोझ्याइन्छ या बीचमा कुनै उपाय अवलम्बन गरी असार (२०७६) सम्मको समय गुजारेर मात्र कार्कीसम्म पु¥याइन्छ भन्ने यकिन भएको छैन ।

 

ज्ञातव्य छ, हरिकृष्ण कार्की नेपाल कम्युनिस्ट पार्टीसम्बद्ध न्यायाधीश हुन् र उनलाई न्यायाधीश बनाउन कम्युनिस्ट पार्टीभित्र प्रचण्डबाहेक सबैजसो नेताहरू कटिबद्ध रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री विरुद्ध तरुण दलको पनि प्रदर्शन

  सदनमा प्रधानमन्त्री वालेन्द्र शाहको विवादित अभिव्यक्तिलाई लिएर कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण...

विपक्षीको विरोधपछि बैठक १५ मिनेटका लागि स्थगित

    विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ । प्रधानमन्त्री...

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति

    नेकपा (एमाले) ले नेपालको सिमासम्बन्धी विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले संघीय संसद्मा...

राष्ट्रघाती प्रधानमन्त्री राजीनामा दे भन्दै एमाले काठमाडौंको प्रदर्शन

  नेपालले थुप्रै ठाउँमा भारतको सीमा मिचेको भन्ने प्रधानमन्त्री वालेन्द्र शाहको विवादित अभिव्यक्तिलाई...