रेल नआँउदै यस्तो भो झेल, विभागको ठेक्कामा महानिर्देशकलाई ५ करोड घुस



हाम्रो इकोनोमि

 

 

नेकपाले सुशासन कायम गर्ने मुख्य उद्देश्यका साथ सरकार संचालन गर्ने जनादेश पाएको हो । तर नेकपाको सरकार आएपछि विगतमा भन्दा बढी भ्रष्टाचार हुन थालेको जनगुनासो छ ।
ओली सरकारलाई असफल बनाउन कर्मचारीतन्त्र नै लागेको आभाष हुन थालेको छ । कर्मचारीतन्त्रले भ्रष्टाचार गर्ने तर दोष भने मन्त्री र प्रधानमन्त्रीको थाप्लोमा हाल्ने काम हुन थालेको छ ।

 

विभागले ठेक्का न.०३-०७४-०७५ को बोलपत्रमा लगत स्टीमेटभन्दा बढीमा टेण्डर परेपछि सार्वजनिक खरिद ऐनअनुसार ठेक्का रद्द हुने प्रावधान छ । तर रेल विभागका महानिर्देशक आचार्य र डीई उपाध्यायले आर्थिक चलखेलमा नेगोसिएसनका आधारमा २०७५ जेठ ११ मा ठेक्का सदर गरेका छन् ।

 

विभागले पुल निर्माणका लागि १७ डिसेम्बर २०१७ मा भएको टेण्डर गरेको थियो । विभागको लेखा शाखाले लागत स्टीमेट भन्दा बढीको ठेक्का स्वीकृत कानुन विपरीत हुने राय दिएको थियो । तर लेखासमितिको राय नै हटाएर अनक–लुम्बिनी–आशिष जेभीलाई ठेक्का दिइएको छ । लगत स्टीमेट भन्दा बढी भए पनि नेगोसिएसनबाट संशोधित दरमा निर्माण कार्य गराउने क्रममा ठूलो आर्थिक चलखेल भएको स्रोतको दाबी छ ।

 

सार्वजनिक खरिद ऐनमा प्रतिस्पर्धाको माध्यमबाट गरिने मालसामान खरिदमा नेगोसिएसन गर्नसक्ने प्रावधान नभएकाले प्राइस नेगोसिएसन गर्न नमिल्ने ब्यवस्था छ । जुन सार्वजनिक खरिद अनुगमन कार्यालयको बेबसाइटमा पनि हेर्न सकिन्छ । तर यो कानुनी ब्यवस्था विपरीत रेल विभागले प्राइस नेगोसिएसन गरी अनक–लुम्बिनी–आशिष जेभीलाई ठेक्का दिएको छ ।

 

मन्त्रिपरिषदले आकस्मिक निर्माण गराउनुपरेको खण्डमा नेगोसिएसनमा गराउन सक्छ । तर अरु निकायले नेगोसिएसनका आधारमा ठेक्का दिन कानुनतः मिल्दैन । खरिद ऐन अनुसार विभागले नेगोसिएसनका आधारमा ठेक्का दिनै सक्दैन ।

पुल निर्माणमा नेगोसिएसनका आधारमा ठेक्का दिएर सोझै भ्रष्टाचार गरेका रेल विभागका महानिर्देशक आचार्य र डीई उपाध्यायले अरु दुई वटा प्याकेजको ठेक्का पनि मिलेमतो गरी दिन लागेका छन् । स्रोतका अनुसार विभागले ३ वटा प्याकेजको ठेक्कामा आर्थिक चलखेलका आधारमा सिधै मिलेमतो गरी दिइसकेको छ ।

 

एउटा प्याकेजमा दुई वटा पुल हुन्छन् । जसको बारेमा अख्तियारमा २०७५ साउन २४ मा उजुरी परेको छ । बर्दिबास नगरपालिका ३ का पूर्णबहादुर कार्कीले दिएको दर्ता नम्बर २०९७ रहेको उक्त उजुरीमा सार्वजनिक खरिद ऐन २०६३ विपरीत लगत स्टीमेट भन्दा बढीको ठेक्का नेगोसिसन गरी दिएर ठाडै भ्रष्टाचार गरेकाले रेल विभागका महानिर्देशक आचार्य र डीई प्रकाश उपाध्यायमाथि कारबाही होस् ।

 

सडक वा रेल विभाग जस्ता विभागमा सामान्यतया १ बर्ष वा बढीमा २ बर्ष महानिर्देशक हुन्छन् । तर अनन्त आचार्य विगत ५ बर्ष(बीचमा ६ महिना बाहेक) रेल विभागको महानिर्देशक छन् । उनी २०७० फागुन ७ देखि रेल विभागको महानिर्देशक छन् ।

विगतमा भूषण राणामार्फत् आरजु देउवासम्म लाइन मिलाएर विभागका ठेक्कामा सेटिङ गर्दैआएका आचार्य अहिले प्रधानमन्त्री केपी ओली र भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठलाई बुझाउनुपर्छ भन्दै ठेक्कामा अनियमितता गर्दैआएका छन् ।

 

प्रधानमन्त्री र मन्त्रीको आदेश भन्दै नेगोसिएसनमा ठेक्का दिएर ५ करोड भन्दा कमिसन लिएको आरोप महानिर्देशक आचार्यमाथि लागेको छ ।नयाँपेजबाट

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री विरुद्ध तरुण दलको पनि प्रदर्शन

  सदनमा प्रधानमन्त्री वालेन्द्र शाहको विवादित अभिव्यक्तिलाई लिएर कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण...

विपक्षीको विरोधपछि बैठक १५ मिनेटका लागि स्थगित

    विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ । प्रधानमन्त्री...

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति

    नेकपा (एमाले) ले नेपालको सिमासम्बन्धी विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले संघीय संसद्मा...

राष्ट्रघाती प्रधानमन्त्री राजीनामा दे भन्दै एमाले काठमाडौंको प्रदर्शन

  नेपालले थुप्रै ठाउँमा भारतको सीमा मिचेको भन्ने प्रधानमन्त्री वालेन्द्र शाहको विवादित अभिव्यक्तिलाई...