फिल्मी शैलीमा सुरुङ खनेर घरभित्र पसी बलात्कार



हाम्रो इकोनोमि

 

 

जनकपुरमा एक महिलामाथि फिल्मी शैलीमा बलात्कार भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–२३ कि २५ वर्षीया एक महिलाले गएको मंगलबार राति आफूमाथि जबरजस्ती करणी गरेको बताएकी छन् ।

गएको मंगलबार राति जनकपुर विद्युत प्राधिकरण वितरण केन्द्रका कर्मचारी महोत्तरी एकडाँडा गाउँपालिका–३, बस्ने ४१ वर्षका रामरोहित मण्डल सुरुङ खनेर घरभित्र पसी आफूलाई मुख थुनेर जबरजस्ती करणी गरेको पीडित महिलाको आरोप छ ।

 

पति वैदेशिक रोजगारमा रहेको र तीन जना छोराछोरीसँग सुतिरहेको मौका छोपी कर्मचारी मण्डलले बलात्कार गरेको पीडित महिलाले बताएकी छन् । ती महिलाले विद्युत प्राधिकरणकामा घरमा विद्युत जडान गर्न निवेदन दिएकी थिइन् । दुई दिनअघि कर्मचारी मण्डल मिटर जडान गर्न भन्दै पहिला घर हेर्न गएका थिए ।

घरमा पसेर कहाँ मिटर ठोक्ने भन्दै पुरै घर हेरेको र त्यसपछि रातिको समयमा घरमा सुरुङ खनेर पसी बलात्कार गरेको पीडित महिलाले दुखेसो पोखेकी छन् ।

 

घटनाको दुई दिन बित्दा समेत अहिलेसम्म जिल्ला प्रहरी कार्यायल धनुषाले कर्मचारी मण्डललाई पक्राउ गरेको छैन ।

पीडित महिलाले उजुरी दर्ता गराउन जाँदा समेत प्रहरीले उजुरी दर्ता नगरेपछि पीडित महिलाका छिमेकहरु आक्रोशित भएका छन् । उनीहरुले घटनामा संलग्न दोषी कर्मचारीलाई प्रहरीले बचाउ गर्न खोजेको भन्दै अहिले जिल्ला प्रहरी कार्यालय अगाडि धर्ना दिएका छन् ।

 

उजुरी दर्ता गरेर दोषीमाथि कार्बाही नभए कडा आन्दोलन गर्ने स्थानीयबासिन्दाले चेतावनी समेत दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...