आफ्नो पार्टीले जितेका स्थानीय तहलाई कर फिर्ता लिन राप्रपाको निर्देशन



हाम्रो इकोनोमि

 

देशभर करको विरोध भईरहेका बेला कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आफ्नो पार्टीबाट जितेका गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकालाई कर नलगाउन निर्देशन दिने निर्णय गरेको छ ।

 

केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ति स्थानीय सरकारले कर लगाएको भए फिर्ता लिन समेत भनेको छ । राप्रपाले नेपालगञ्ज उपमहानगरसहित पाँच स्थानीय तहको प्रमुख नै जितेको थियो । नेपालगञ्ज उपमहानगरमा धवलशमशेर राणा मेयर छन् ।

 

राप्रपाले झापाको हल्दिवारी, कचनकवल गौरीगञ्ज गाउँपालिकाको प्रमुख जितेको थियो भने, धादिङ्को रुविभ्याली गाउँपालिकाको प्रमुख पनि राप्रपाकै छ । राप्रपाले वाग्लुङ, डोल्पा लगायतका जिल्लामा उपप्रमुख समेत जितेको छ ।

 

पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको बैठकले आमजनताको विचमा पर्याप्त बहस नै नगरी जनताको प्रत्यक्ष अभिमतविन ाकायम गरिएको संघीय संरचनाको दुष्प्रभाव र विकृति देखिन थालेको टिप्पणी गरेको छ ।

 

बैठकले ३ बुँदे निर्णय गर्दै संघीयता कार्यान्वयनका लागि अरबौँ विदेशी ऋण लिनु पर्ने बाध्यता रहेको र अर्कोतर्फ सर्वसाधारणमाथि थोपरिएको करको बोझले नेपाली जनजीवन अस्तव्यस्त र आक्रान्त भएको औँल्याएको छ । स्थानीय तह, प्रदेश र संघीय सरकारबाट लगाईएको दोहोरो तेहरो कर न्यून र निश्चित आय भएका सर्वसाधारण जनतालाई जीवन धान्न कठिन भएकोछ, बैठकको निर्णयमा भनिएको छ, ‘उद्योग वाणिज्य एवं अन्य व्यवसाय र पेशागत क्षेत्रहरुमा समेत नकारात्मक प्रभाव पारेको छ । त्यसर्थ, अव्यवहारिक र जनतालाई कष्ट पर्ने कर तत्काल खारेज गर्न राप्रपा सरकारसँग माग गर्दछ ।’

 

बैठकले समान विचारधारा भएका राजनीतिक दलहरुसँग एकता वार्ता भईरहेका बेला राप्रपा प्रजातान्त्रिकका पदाधिकारीबाट हिन्दु्राष्ट्र र राजसंस्थाबारे फरक–फरक धारणा सार्वजनिक रुपमा आईरहेकोबारे ध्यानाकर्षण भएको भनेको छ ।

 

त्यसबारे उक्त पार्टीका शीर्ष नेतासँग कुरा गरी हिन्दुराष्ट्र र राजसंस्थाबारे आधिकारिक धारणा बुझ्न उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा गठित वार्ता टोलीलाई बैठकले निर्देशन दिने निर्णय गरेको पार्टी प्रवक्ता भुवन पाठकले बताए ।

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...