सैनामैनामा सवारी दुर्घटना : एकको मृत्यु, स्थानीयले जलाए गाडि



हाम्रो इकोनोमि

रुपन्देहीको सैनामैना –४ मुर्गिया लायन्स चौक नजिकै लु १ ज २७२८ नम्बरको गाडि (विङ्गगर) ले लु १ प ७७४३ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको छ । ठक्करबाट सैनामैना नगरपालिका स्थायी घर भएका ४० बर्षिय शेर बहदुर कुँवरको उपचारको क्रममा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा मृत्यु भएको छ ।

कलिपवस्तुको जीतपुर(चारम्बर) बाट बुटवलतर्फ आउदै गरेको विङ्गगरले सैनामैना–१ रानिवगीया बाट रामापुर तर्फ जादै गरेका कुँवरलाई ठक्कर दिएको थियो ।

गम्भिर घाईते भएका उनलाई उपचारको लागि लुम्बिनी अञ्चल अस्पतालमा ल्याइएको थियो । उनको उपचारकोक्रममा मृत्यु भएको हो । विङ्गगर चालकले गम्भिर गल्ती गरेको भन्दै अक्रोसित स्थानियले विङ्गगर जलाएका छन् ।

आफ्नो साईडबाट हिडेको मोटरसाईक बाटोको छेऊमा गएर तिब्र गतिमा रहेको विङ्गगरले ठक्कर दिएको प्रत्यक्षर्शीले जनाएका छन् । विङ्गगार चालकले गम्भिर गल्ती गर्दै बोटोको बायाँ साईडबाट हिडेको मोटरसाईकलाई ठक्क्र दिएपछि स्थानियहरुले आक्रोसित हुदै विङ्गगरमा आगो लगाएका हुन ।

आगो निभाउनको लागि बुटवलबाट दमकल समेत गएको थियो । विङ्गरको लापरवाहीले गम्भिर दुर्घटना भएको भन्दै आक्रोसित स्थानियहरुले पुव पश्चिम राजमार्गको मुर्गियामा सडक अवरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...