पौडेलले सरकार बिरुद्ध लगाए यस्तो आरोप,भने बाँदरको हातमा नरीवल भो



हाम्रो इकोनोमि

 

प्रमुख प्रतिपक्ष दल काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार पूर्णतः असफल भएको दाबी गरेका छन् । वरिष्ठ नेता पौडेलले ६ महिना नपुग्दै सरकार असफलसिद्ध भईसकेको दाबी गरे । उनले भने यो सरकार बाँदरको हातमा नरीवल भो ।

 

उनले सरकारले एउटा पनि उल्लेख्य काम नगरेको पनि बताए । नेता पौडेलले सरकारले न्यायपालिकामा समेत हस्तक्षेप गरेको भन्दै आपत्ति जनाए । शिक्षा, स्वास्थ्य, विद्युत, रोजगारीजस्ता जनताको आधारभूत विषयमा पनि सरकार गम्भिर नभएको उनको आरोप छ ।

 

बिहीबार पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले सरकारले सरुवा, बढुवामा समेत एकलौटी निर्णय लिएर सर्वसत्तावादी सोच देखाएको तर्क पनि गरे । उनले महंगी बढाउने, कर बढाउनेलगायतका जनताविरोधी कामबाहेक सरकारले अरु केही गर्न नसकेको पनि बताए ।

 

कार्यक्रममा बोल्दै काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारले प्रधानन्यायाधिशमा प्रस्तावित दिपकराज जोशीलाई अस्विकृत गरेर स्वतन्त्र न्यायपालिकामाथि गम्भिर प्रहार गरेको आरोप लगाए । उनले सरकार संवैधानिक तवरबाटै सत्ता कब्जाको बाटोमा अघि बढिरहेको दाबी गरे ।

 

वाम सरकार समस्या समाधान भन्दा बल्झाउन तर्फ उद्दत  बैद्य

वाम सरकार समस्या समाधान भन्दा बल्झाउन तर्फ उद्दत रहेको आरोप नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले लगाएको छ ।

 

बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै उत्पीडित वर्ग र जनतामाथि धान्नै नसकिने गरी लगाइएको राजस्व तथा करभार हटाउन माग गरेको छ । त्यस्तै महंगी नियन्त्रण गर्न, बेरोजगारीहरुलाई रोजगारी र बेरोजगार भत्ता दिन, महिलाहरुमाथि हुँदै आएका हत्या, हिंसा तथा बलात्कारका जघन्य अपराध रोक्न समेत क्रान्तिकारी माओवादीले माग गरेको छ ।

 

विज्ञप्तिमा भनिएको छ – ‘मजदुरहरुको बेतन मागलाई अत्यन्तै न्यून बनाइएको छ र उनीहरुलाई आवश्यक सुविधाबाट पनि बञ्चित गरिएको छ । आफूलाई वाम बताउने सरकार यस प्रकारका समस्याहरुलाई गम्भीरतापूर्वक लिई समाधानतर्फ होइन बल्झाउने तर्फ उद्दत भइरहेको छ । हाम्रो पार्टी सरकारका यसप्रकारका जनविरोधी क्रियाकलापको दृढ विरोध गर्दछ ।’

 

प्रमुख सचेतक खाँडले सरकार जनहित विरोधि काममा लागेकाले त्यसको विरुद्धमा सशक्त ढंगले अघि बढन पनि पार्टीका नेता, कार्यकर्तालाई एकतावद्ध हुन आह्वान गरे ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...

माइतीघरमा जेन-जीलाई तितरबितर पार्दै प्रहरी

    माइतीघरमा आन्दोलनका लागि भेला भएका जेन-जी प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारिरहेको छ...