सर्वोच्चको वेबसाइटबाट हटाइयो कामु जोशीको नाम, के गर्छन अब जोशी ?



हाम्रो इकोनोमि

 

सर्वोच्च अदालतको वेबसाइटबाट कायममुकायम प्रधानन्यायाधीश दिपकराज जोशी नाम हटाइएको छ। कायममुकायम प्रधानन्यायाधीश जोशीको नाम संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा अस्वीकृत  गरेसँगै उनी बिदामा बसेका थिए ।

 

उनको बिदा आतबार सकिँदै छ । उनी बिदामा बसेपछि वरिष्ठताको आधारमा न्यायाधीश ओमप्रकाश मिश्रले सर्वोच्चको पेशी तोक्दै आएका छन् । संसदीय सुनुवाइ समितिले प्रधानन्यायधीशमा जोशीको नाम अस्वीकृत गरेयता राजीनामाको दबाब पर्दै आएको छ ।

 

वरिष्ठताको आधारमा जोशी रहे पनि  सर्वोच्चको वेबसाइटमा  कामु प्रधानन्यायाधीश भनेर ओमप्रकाश मिश्रको नाम राखिएको छ । बिदा बसेका जोशीको नाम सर्वोच्च प्रशासनले हटाएर मिश्रको नाम राखेको हो ।

 

साथै  जोशीको नाम हटाइएसँगै सर्वोच्च प्रशासनले कामु प्रधानन्यायाधीशको क्वाटरमा रासनपानी समेत रोकेको छ ।  प्रधानन्यायाधीशको सरकारी निवास प्रधानमन्त्री निवास बालुवाटारसँगै रहेको छ ।

 

रासनपानीको समेत कटौती गरेर सरकारले सर्वोच्च प्रशासनमार्फत नै जोशीलाई आफ्नो पदबाट हट्न मनोवैज्ञानिक दबाब दिएको रुपमा रासन प्रकरणलाई लिइएको छ ।

 

संसदीय सुनुवाइ विशेष समितिलेको बहुमतले प्रधानन्यायाधीश बन्ने बाटो बन्द गरिदिएपछि रन्थनिएका कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशी १५ दिने विदामा बसे । विशेष समितिले साउन १९ गते जोशीलाई प्रधानन्यायाधीश बनाउन अस्वीकृत गरेपछि पनि उनले भनेका थिए, कायम मुकायम मै हुँ पेशी मै तोक्छु ।

 

तर, उनले शनिबार राष्ट्रपतिकोमा गएर विाद मिलाए र २० गते आइतबारदेखि विदामा बसे । उनी विदा बसेको आज १२ दिन पुगेको छ । अब उनले स्वीकृत गराएको बिदा सकिन ३ दिन बाँकी छ । उनी विदामा बसेपछि कायम मुकायम प्रधान न्यायाधिशको कार्यभार, ओमप्रकाश मिश्रले सम्हाल्दै आएका छन् । विदा सकिएर फर्किएपछि उनैले पेशी तोक्न पाउँछन् नियम अनुसार।

 

विदामा बस्दा पनि अदालतकै काम
गएको १२ दिनको विदामा उनले काठमाडौं छाडेका छैनन् । उनले घरासयी कामकाजमा पनि खासै वास्ता गरेका छैनन् । यो अवधिमा फैसला बनाएर बसेका छन् । उनले विदाको अवधिमा ३५ वटा फैसला क्लियर गरेर अदालतमा पठाएको जानकारी दिए । बाँकी विदामा अरु केही फैसला तयार पार्ने पनि उनले बताए । फैसला बनाउनका लागि थुप्रै कानूनी किताबको रिफरेन्स लिनुपर्छ । त्यसैले ती फैसला तयार पर्न यसवीचमा केही कानुनका किताब अध्ययन गरेको पनि उनले जानकारी दिए । आज नागपञ्चमीको बिहान भने उनले धुम्बाराहीमा गएर नागको पूजा गरे ।

 

अदालत रिजोइन गर्छन् कि राजीनामा त ? 
संसदीय सुनुवाइ विशेष समितिले जोशीको शैक्षिक प्रमाणपत्र विवाद, विवादास्पद फैसला तथा सुनुवाइका क्रममा चित्तबुझ्दो जवाफ दिन नसकेको आरोप उनीमाथि लगाएको छ । विदामा बस्दैगर्दा उनले विज्ञप्ती निकाल्दै आफ्नो शैक्षिक प्रमाणपत्रबारे छानबिन गर्न चुनौती समेत दिएका छन्। संसदीय विशेष सुनुवाइ समितिमा दुई तिहाइले जोशीलाई प्रधानन्यायाधीशमा अस्वीकृत गरेपछि नै उनको राजीनामा आउने चर्चा समेत चलेको थियो ।

 

तर, उनले तत्काल राजीनामा नदिइ बिदा बस्ने बाटो रोजे । यही विदाको अबधिमा उनले कानुनविदसँग पनि के गर्ने भन्नेबारे विचार विमर्श गरिरहेको जानकारी दिएका छन् । निर्णय चाहिँ कहिलेसम्म लिने त ? उनले भने “अब बिदा सकिन ३ दिन बाँकी छ, पर्सीसम्ममा उपयुक्त निर्णय लिन्छु के गर्ने भन्नेबारे” । जोशी अब न्यायालय गएपनि आफुभन्दा जुनियरले तोकिदिएको पेशी लिएर इजलासमा बस्नुुपर्नेछ । यद्यपी उनले अर्को १ वर्ष न्यायाधिशकै रुपमा भने काम गर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस
एमालेमा डिजिटल सदस्यता प्रणाली लागू

  नेकपा (एमाले) ले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने...

आज देशभर वर्षा र हिमपात हुने

    आज बिहानै काठमाडौँमा वर्षा भएको छ । यस्तै, दिउँसो मुलुकका केही...

एकैपटक १ हजार ५ सय ९४ जना पदमुक्त हुने

   राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश,...

अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...