नाइके समूहले अनियमिता गरेको भन्दै कैदीहरुबीच यसरी भयो झडप



हाम्रो इकोनोमि

 

जिल्ला कारागार पाल्पामा कैदी बन्दीहरु बीच झडप भएको छ । झडपमा दुई कैदी बन्दीहरु घाइते भएका छन् ।

 

आफुले पाउँदै आएको सेवासुविधामा नाइके समूहले अनियमिता गरे भन्दै अन्य कैदीबन्दीहरुले आफ्ना माग राख्ने क्रममा झगडा भएको जिल्ला प्रहरी प्रमुख उपरिक्षक विश्वमणी पोखरेलले जानकारी दिए ।

 

झडप हुँदा कैदी बन्दी सन्तोष नेपाली र अर्जुनु घिमिरे सामान्य घाईते भएका हुन् ।

 

कैदी बन्दी बीच आपसमा झडप भएपछि प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनाल, प्रहरी प्रमुख पोखरेल सहित सुरक्षा निकाय कारागार परिसरमा पुगेको थियो ।

 

कारागारमा नाइके समुहबाट आफुहरु पिडित भएको भन्दै उनीहरु बिच झगडा भएको हो । घटनाको थप अनुसन्धान गरी ऐन अनुसार कैदीको सरुवा गरिने प्रहरी प्रमुख पोखरेलले बताए ।

 

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...