नाइके समूहले अनियमिता गरेको भन्दै कैदीहरुबीच यसरी भयो झडप



हाम्रो इकोनोमि

 

जिल्ला कारागार पाल्पामा कैदी बन्दीहरु बीच झडप भएको छ । झडपमा दुई कैदी बन्दीहरु घाइते भएका छन् ।

 

आफुले पाउँदै आएको सेवासुविधामा नाइके समूहले अनियमिता गरे भन्दै अन्य कैदीबन्दीहरुले आफ्ना माग राख्ने क्रममा झगडा भएको जिल्ला प्रहरी प्रमुख उपरिक्षक विश्वमणी पोखरेलले जानकारी दिए ।

 

झडप हुँदा कैदी बन्दी सन्तोष नेपाली र अर्जुनु घिमिरे सामान्य घाईते भएका हुन् ।

 

कैदी बन्दी बीच आपसमा झडप भएपछि प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनाल, प्रहरी प्रमुख पोखरेल सहित सुरक्षा निकाय कारागार परिसरमा पुगेको थियो ।

 

कारागारमा नाइके समुहबाट आफुहरु पिडित भएको भन्दै उनीहरु बिच झगडा भएको हो । घटनाको थप अनुसन्धान गरी ऐन अनुसार कैदीको सरुवा गरिने प्रहरी प्रमुख पोखरेलले बताए ।

 

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...