कांग्रेस कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै ओलीले भने– अब नेकपाबाहेक अन्त पहिरो जान्छ



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले नेकपा नेतृत्वको सरकारले अब नयाँ उडान भर्ने बताएका छन् ।

 

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा विभिन्न जिल्लाका कांग्रेस कार्यकर्तालाई पार्टी प्रवेश गराउने कार्यक्रममा अध्यक्ष ओलीले सरकारले अब सुशासन, विकास, समृद्ध नेपाल सुखी नेपालीतर्फको उडान भर्ने बताएका हुन् ।

 

ʻसाथीहरूको प्रवेशले पार्टी अझ गतिशील भएको छ । नेकपामा आएका साथीहरूको अनुहारमा हेरे देश बनाउने संकल्प छ । गर्न सकिन्छ भन्ने आत्मविश्वास छ,ʼ ओलीले भने, ʻयहाँहरूको विश्वास तलमाथि पर्दैन ।ʼ

 

ओलीले गणेशमान र कृष्णप्रसाद भट्टराईले समेत कांग्रेस छाड्नु परेको भन्दै नेकपा प्रवेश गरेका कार्यकर्ताले पछुताउनु नपर्ने बताए । ʻआज नेपाल नयाँ उद्देश्य, नयाँ अठोट र आत्मविश्वासका साथ अगाडि बढ्दैछ । सरकारले जनताका कामना र चाहानालाई व्यवहारमा उतार्दैछ,ʼ उनले भने, ʻअब नेकपाबाहेक अन्त त पहिरै जान्छ अब !ʼ

 

कार्यक्रममा नेकपाका अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गरेकालाई उचित जिम्मेवारी दिइने बताए ।

 

कार्यक्रममा कांग्रेसका पूर्वजिल्ला सचिव तथा जिविसका पूर्वसदस्य रामबहादुर खत्री, साविकको खिजी चण्डेश्वरी गाविसका पूर्वअध्यक्ष सुरेशकुमार सुनुवार, रगनी गाविसका पूर्वअध्यक्ष लालप्रसाद नेपाल, रावदलु गाविसका पूर्वअध्यक्ष गजेन्द्रबहादुर बस्नेत, खिजीकाती गाविसका पूर्वअध्यक्ष रेवतकुमार सुनुवारलगायत कार्यकर्ता नेकपा प्रवेश गरेका थिए ।

बिहीवार नै स्वतन्त्र राजनीतिक समूहका सांसद हृदयेश त्रिपाठी लगायतका नेताहरू पार्टी प्रवेश गर्ने भनिए पनि कुरा नमिलेको भन्दै त्रिपाठी सहितका नेताहरू पार्टी प्रवेश गरेनन् ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री विरुद्ध तरुण दलको पनि प्रदर्शन

  सदनमा प्रधानमन्त्री वालेन्द्र शाहको विवादित अभिव्यक्तिलाई लिएर कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण...

विपक्षीको विरोधपछि बैठक १५ मिनेटका लागि स्थगित

    विपक्षी दलहरूको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ । प्रधानमन्त्री...

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति

    नेकपा (एमाले) ले नेपालको सिमासम्बन्धी विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले संघीय संसद्मा...

राष्ट्रघाती प्रधानमन्त्री राजीनामा दे भन्दै एमाले काठमाडौंको प्रदर्शन

  नेपालले थुप्रै ठाउँमा भारतको सीमा मिचेको भन्ने प्रधानमन्त्री वालेन्द्र शाहको विवादित अभिव्यक्तिलाई...